+
+
Shares

५० हजार घुससहित रामनगर गाउँपालिकाका इन्जिनियर पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन ३ गते १६:२६

३ साउन, काठमाडौं । सर्लाहीको रामनगर गाउँपालिकामा कार्यरत इन्जिनियर रामजी बाबु यादव ५० हजार घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलीले यादवलाई मलंगवा नगरपालिका-१० स्थित अशोका होटलबाट नियन्त्रणमा लिएको हो ।

इन्जिनियर यादवले गाउँपालिकाको बजेटबाट विद्युत जडान गर्ने कामको प्राविधिक मूल्याङ्कनसहितको कार्य सम्पन्न प्रतिवेदन तयार गरी भुक्तानी दिन सहज गराइ दिने भन्दै सेवाग्राहीबाट घुस लिएको अख्तियारको दावी छ ।

घटनाको थप अनुसन्धान भइहरेको अख्तियारले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?