+
+

शिक्षण अस्पतालमा दोस्रो कलेजो प्रत्यारोपण पनि सफल

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन ३ गते १८:४८

३ साउन, काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक कलेजोको प्रत्यारोपण सफल भएको छ ।

डा. रमेशसिंह भण्डारीको टोलीले कलेजो प्रत्यारोपण गरेको हो । ‘विहान ७ बजेतिर सुरु भएको थियो । दिउँसो साढे ३ बत्रजेतिर सकियो । विरामी र डोनर दुबैको स्वास्थ्य ठीक छ’ प्रत्यारोपणपछि डा. भाण्डारीले अनलाइनखबरसँग भने ।

विरामी र डोनरको नाम सार्वजनिक गरिएको छैन । तर ४४ वर्षका पुरुषलाई उनका ज्वाइँले कलेजो दिएका हुन् । दाता २८ वर्षका पुरुष हुन् ।

शिक्षण अस्पतालले पहिलो पटक जेठ १७ गते कलेजो प्रत्यारोपण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?