Comments Add Comment

यी हुन् चन्द्रमामा पुगेका १२ जना मानिस

‘यो मानिसको एउटा छोटो कदम हो र मानवताको लामो छलाङ्ग ।’

चन्द्रमामा पाइला राख्ने पहिलो मानव निल आर्मस्ट्रङ्गले आफ्नो चन्द्रयात्राका बारेमा भनेको कुरा हो यो ।

२० जुलाई १९६९ मा यी अमेरिकी अन्तरीक्षयात्रीले चन्द्रमामा पाइला टेकेर  इतिहास रचेका थिए । निल आर्मस्ट्रङ्ग चन्द्रमामा पुगेयता अहिलेसम्म १२ जना मानिस चन्द्रमामा टेक्न सफल भएका छन् ।

चन्द्रमामा पहिलोपटक पाइला राख्ने मानिस निल आर्मस्ट्रङ्ग भएको कुरा त हामी धेरैलाई थाहा छ । तर निल आर्मस्ट्रङ्ग अन्तरीक्षयात्री बन्नु अघि अमेरिकी नौसेनामा कार्यरत थिए र कोरियाली युद्धमा भाग लिएका थिए भन्ने कुरा थाहा नहुन सक्दछ । अन्तरीक्षयात्री र अमेरिकी सैनिक मात्र होइन उनी एक प्राध्यापक पनि थिए । नासाबाट अवकास भएसँगै उनले एक कलेजमा पठाएका थिए । सन् १९३० मा जन्मेका निल आर्मस्ट्रङ्गको सन् २०१२ मा मृत्यु भएकेा थियो ।

बज एल्डि्रन चन्द्रमामा पुग्ने दोश्रो व्यक्ति हुन् । उनी पनि निल आर्मस्ट्रङ्गसँगै एपोलो ११ मिसनमा गएका थिए । उनी अहिले अमेरिकाको फ्लोरिडामा बस्दै आएका छन् ।

चन्द्रमामा पाइला टेक्ने विश्वको तेश्रो व्यक्ति पेटे कोनराड हुन् । उनी एपोलो १२ का हिस्सा थिए । सन् १९६९ मा उनी चन्द्रमामा पुगेका थिए । सन् १९९९ मा मोटरसाइकल दुर्घटनामा उनको मृत्यु भएको थियो ।

एलन बिन चन्द्रमामा पुग्ने चौथो व्यक्ति हुन् । एपोलो १२ मार्फत नै उनी चन्द्रमामा पुगेका थिए । उनी सन् १९८१ मा नासाबाट सेवा निवृत्त भए । उनको सन् २०१८ मा ८६ वर्षको उमेरमा मृत्यु भयो ।

चन्द्रमामा पाइला टेक्ने पाचौँ व्यक्ति एलन शेर्फड हुन् । एपोलो १४ मिसनमार्फत उनी १९७१ मा चन्द्रमामा पुगेका थिए । त्यसअघि सन् १९६१ मा उनी अन्तरीक्षमा जाने पहिलो अमेरिकी नागरिक बनेक ाथिए । उनको सन् १९९८ मा मृत्यु भयो ।

एपोलो १४ मिसनको हिस्सा रहेका एडगर मिशेल चन्द्रमामा पाइला टेक्ने दुनियाको पाचौँ व्यक्ति हुन् । उनी सन् १९७१ मा चन्द्रमामा पुगेका थिए । उनको सन् २०१६ मृत्यु भएको थियो ।

एपोलो १५ मिसनका कमाण्डर डेभिड स्कट चन्द्रमामा पुग्ने सातौँ व्यक्ति हुन् । उनी अहिलेसम्मका एपोलो मिसनका एकमात्र जिवित कमाण्डर हुन् जसले चन्द्रमामा पाइला टेकेका थिए ।

चन्द्रमामा पाइला टेक्ने आठौँ व्यक्ति जेम्स इरविन हुन् । उनी पनि एपोलो १५ मिसनका सदस्य थिए । सन् १९९१ मा उनको मृत्यु भयो । चन्द्रमामा पुगेका मध्ये सबैभन्दा छिटो मृत्यु हुने अन्तरीक्षयात्री जेम्स इरविन हुन् ।

जोन यंग चन्द्रमामा पुग्ने नबौँ व्यक्ति हुन् । सन् १९७२ को अपि्रलमा उनी चन्द्रमामा पुगेका थिए । उनी नासाको एपोलो १६ मिसनका कमाण्डर थिए । सन् २०१८ मा उनको मृत्यु भयो ।

चन्द्रमामा पुग्ने दशौँ व्यक्ति चाल्र्स ड्युक हुन् । उनीपनि एपोलो १६ को हिस्सा थिए । उनी हाल टेक्सासमा बस्दै आएका थिए ।

चन्द्रमामा पाइला टेक्ने ११ औँ व्यक्ति हेरिसन स्मिट हुन् । उनी एपोलो १७ मिसन मार्फत चन्द्रमामा पुगेका हुन् । उनी अहिले न्यू मेक्सिकोमा बस्दै आएका छन् ।

चन्द्रमामा पाइला टेक्ने १२ औँ व्यक्ति युजिन सेरनन हुन् । उनी चन्द्रमामा पुग्ने हालसम्मको अन्तिम व्यक्ति पनि हुन् ।  उनी एपोलो १७ का सदस्य थिए । सन् २०१७ मा उनको मृत्यु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment