Comments Add Comment

बेलले रियल मड्रिड छाड्ने जिदानद्वारा पुष्टि

Photo Credit : Getty Images

५ साउन, काठमाडौं । रियल मड्रिडले ग्यारेथ बेलका लागि राम्रो अफरको पर्खाइमा रहेको प्रशिक्षक जिनेदिन जिदानले पुष्टि गरेका छन् ।

आइतबार मड्रिडले इन्टरनेशनल च्याम्पियन्स कपमा बार्यन म्युनिखसँग खेल्दा पनि गेल टिममा परेनन् ।

बेल किन टिममा परेनन् भन्ने प्रश्नमा जिदानले उनी रियल मड्रिड छाड्ने संघारमा रहेको बताए । उनले भने, ‘आश छ उनले छिट्टै छाड्नेछन् र, यो सबैका लागि राम्रो हुनेछ ।’

यद्यपि बेलसँग आफ्नो व्यक्तिगत समस्या नभएको उनको दाबी छ ।

गत सिजन बेलको प्रदर्शन खस्किएपछि ‘क्लबमा परिवर्तन’को निर्णय गरिएको प्रशिक्षक जिदानले बताए । ‘यो प्रशिक्षकको निर्णय हो, साथै खेलाडीको पनि, जसलाई अहिले अवस्थाबारे जानकारी छ,’ उनले भनेका छन् ।

३० वर्षे बेलको सम्झौता अझै तीन सिजनका लागि छ, तर उनी पूर्वक्लब टोटनहृयाम र्फकने वा म्यानचेष्टर युनाइटेड जाने सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment