Comments Add Comment

लर्ड्समा टेष्ट खेल्ने रसिद खानको ‘सपना’

५ साउन, काठमाडौं । अफगानिस्तानका नयाँ कप्तान रसिद खानले लर्ड्समा टेष्ट खेल्ने सपना रहेको बताएका छन् ।

विश्वकप क्रिकेटमा खराब प्रदर्शनपछि अफगानिस्तानले तीन वटै फर्म्याटमा कप्तान परिर्वतन गरेको छ र सबैमा कप्तानीको जिम्मा खानलाई जिम्मेवारी दिइएको छ ।

यसअघि नै उपकप्तान भइसकेकाले कप्तान हुने स्वभाविक भएको उनले बताएका छन् । क्रिकइन्फोलाई दिएको अन्तर्वार्तामा उनले भनेका छन्, ‘म यसअघि नै उपकप्तान थिएँ, यसको अर्थ भावी कप्तान हुँ तर, यो अलि छिटो भयो ।’

उनी टी-२०, एकदिवसीयसँगै टेष्ट टिमको पनि कप्तान भएका छन् । टेष्ट कप्तानको रुपमा कहाँ खेल्ने इच्छा होला ? रसिदले भनेका छन्, ‘लर्ड्स । लर्ड्समा टेष्ट म्याच सधैं गर्वको क्षण हुन्छ । कप्तान भएर छोडिदिउँ, प्लेइङ ११ मा परेर खेल्नु नै सपना भन्दा ठूलो हो । म इंग्ल्याण्डविरुद्ध लर्ड्समा टेष्ट खेल्न चाहन्छु ।’

उनले अघि भने- अर्को एडिलेड । म एडिलेडमा डे-नाइट टेष्ट खेल्न चाहन्छु । यसबारे सपना देखिरहेको छु ।’

किन भन्ने प्रश्नमा उनले भने, ‘टेष्ट क्रिकेट पाँच दिनको हो । त्यसैले तपाई दिनदिनै आउनुपर्छ । त्यो त्यस्तो चिज हो, जुन मलाई मन पर्छ । र, दुबै ग्राउण्ड मेरो प्रिय हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment