Comments Add Comment

अराजको तीज गीतमा अविवाहित यूवाको कथा

गायक अराज केशवले तीजको अवसर पारेर अविवाहित यूवाहरुको कथामा गीत तयार पारेका छन् । ‘प्रभु’ बोलको गीतमा अराजको शब्द तथा संगीत छ । गीतको भिडियोमा कुमार तामांग तीजमा ब्रत बसेपछि २ जना यूवतीको प्रेममा परेको देखाइएको छ । विक्रम चौहानको निर्देशनमा तयार भएको भिडियोलाई प्रकाश कुमारले खिचेका हुन् ।

भिडियोमा एलिना ठकुरी, पुषु क्षेत्री, टिकाराम कुमार, काल भैरव, माधव श्रेष्ठ, मोहन सुनवार, आर्यन मगर र मुकेश नेपालीलाई देखाइएको छ । गायक अराजले यो तीज गीतलाई दर्शकले मन पराउने अपेक्षा गरे । गीतले प्रेमीका वा श्रीमतीका लागि ब्रत बस्न पुरुषहरुलाई सन्देश दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment