Comments Add Comment

पूर्वमाओवादीको बैठक : स्कुल विभागमा दाबी नछाड्ने

मन्त्रीहरुलाई सम्बन्धित विभागको जिम्मेवारी

५ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को तत्कालीन माओवादीले स्कुल विभागको दाबी नछाड्ने भएको छ ।

सचिवालय बैठकअघि आइतबार विहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरु नारायणकाजी श्रेष्ठ (प्रकाश) र रामबहादुर थापा (बादल)बीच छलफल भएको थियो ।

खुमलटारमा भएको छलफलमा अध्यक्ष प्रचण्डले स्कुल विभागबारे सहमति भइनसकेको ब्रिफिङ गरेका थिए । स्रोतले भन्यो, ‘स्कुल विभागमा अडान नछाड्ने सहमति भएको छ ।’

स्कुल विभागमा तत्कालीन एमालेले रक्षामन्त्री ईश्वर पोखरेलको नाम अगाडि सारेको छ । तत्कालीन माओवादीमा नारायणकाजी श्रेष्ठ प्रकाशको दाबी छ ।

पूर्व माओवादीको भागमा परेका अरु १४ विभागमा भने मन्त्रीहरुलाई सम्बन्धित विभागको जिम्मेवारी दिने सहमति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment