Comments Add Comment

सोनाक्षीले भेटिनन् राम्रो केटा

बलिउड नायिका सोनाक्षी सिन्हाले आफू प्रेममा रहेको खुलासा गरेकी छिन् । सोनाक्षीले भारतीय मिडियासँग कुरा गर्दै भनेकी छिन्–‘म एकजना सेलिब्रिटीसँग प्रेममा थिएँ । तर, कसैले पनि यो बिषयमा जानकारी पाएनन् ।’

सोनाक्षीले बिहेको बिषयमा पनि मुख खोलेकी छिन् । उनले भनिन्–‘अब मेरो बिहे गर्ने बेला भैसकेको छ । तर, मेरो मातापिताले खोजेजस्तै केटा मैले पाएकी छैनँ ।’ उनका अनुसार, उनका मातापिताले ‘सुशिल केटा’ खोजेका छन् । उनका अनुसार, बलिउडमा यस्तो गुण भएको केटा कोही पनि छैनन् ।

सोनाक्षीले प्रेम सम्बन्धमा कुनै पनि खालको जालझेल आफूलाई स्विकार नहुने पनि स्पष्ट पारिन् । उनले भनिन्–‘यदि मेरो प्रेमीले मलाई चिट गर्छ भने, उसलाई भोलीपल्ट मेरो साथमा कसैले पनि देख्दैनँ ।’

सोनाक्षी पछिल्लो समयमा असफल चलचित्रको मारमा छिन् । तर, यो बर्ष उनको ‘दबंग ३’ रिलिज हुँदैछ, जसले करिअरलाई अगाडि बढाउने अपेक्षा उनको छ । उनी अभिनित चलचित्र ‘कलंक’ यो बर्ष असफल भएपछि उनको करिअर पनि डगमगाएको तर्क गर्न थालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment