Comments Add Comment

यु–१८ ललित मेमोरियल च्याम्पियनसिपको उपाधि ब्रिगेड ब्वाइजलाई

५ साउन, काठमाडौं । १८ वर्षमुनिको ललित मेमोरियल च्याम्पियनसिप फुटबलको उपाधि ब्रिगेड ब्वाइज क्लबले जितेको छ । सातदोवाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा ब्रिगेड ब्वाइजले नेपाल पुलिस क्लबलाई १–० ले पराजित गरेको हो ।

ब्रिगेड ब्वाइजका लागि २३ औं मिनेटमा ब्रिजेश चौधरीले गोल गरे । उपाधि विजेता ब्रिगेड ब्वाइजले ३ लाख र उपविजेता नेपाल पुलिस क्लबले १ लाख ५० हजार रुपैयाँ जितेको छ ।

प्रतियोगिताको उत्कृष्ट प्रशिक्षक ब्रिगेड ब्वाइजका सुवित कार्की, उत्कृष्ट मिडफिल्डर ब्रिगेड ब्वाइजकै शिशिर लेखी र उत्कृष्ट फरवार्ड ब्रिगेड ब्वाइजका ब्रिजेश चौधरीले जिते ।

आर्मीका विशाल सुनार उत्कृष्ट गोलकिपर र प्रहरीका विशाल बस्नेत उत्कृष्ट डिफेन्डर घोषित भए । उत्कृष्ट प्रशिक्षक र खेलाडीले जनही १० हजार रुपैयाँ पुरस्कार पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment