Comments Add Comment

आन्तरिक राजश्व कार्यालय महेन्द्रनगरमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन

५ साउन, काठमाडौं ।  ग्लोबल आइएमई बैंक लिमिटेडले आन्तरिक राजश्व कार्यालय, महेन्द्रनगरमा एक्सटेन्सन काउण्टर सुरु गरेको छ । काउण्टरको आन्तरिक राजश्व कार्यालय, महेन्द्रनगरका प्रमुख कर अधिकृत लेखनाथ शर्मा (पंगेनी)ले उद्घाटन गरेका छन् ।

बैंकले सेवाग्राहीको बढ्दो चापर विस्तारित बैंकिङ्ग सेवाको आवश्यकतालाई मध्यनजर गर्दै एक्सटेन्सन काउण्टर सुरु गरेको हो । महेन्द्रनगरमा एक्सटेन्सन काउण्टरको उद्घाटनसँगै बैंकको एक्सटेन्सन काउण्टरको संख्या २९ पुगेको छ ।

उक्त अवसरमा बोल्दै प्रमुख कर अधिकृत शर्माले बैंकले ग्राहकको सन्तुष्टीलाई मध्यनजर गरी उत्कृष्ट सेवा प्रदान गर्न आग्रह गरे । उनले सेवाग्राहीको बढ्दो चापका कारण एक्सटेन्सन काउण्टर खोलिएको जानकारी गराए ।
ग्लोबल आइएमई बैंक महेन्द्रनगर शाखाका शाखा प्रमुख दिपेन्द्रबहादुर सिंहले बैंकले सेवाग्राहीको हितलाई ध्यानमा राखेर काम गर्ने बताउँदैं प्रभावकारी सेवा प्रदान गर्ने प्रतिवद्धतासमेत जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment