Comments Add Comment

साहरुखका ६ किस्साः ‘जुत्ता नखोल्नदेखि दुबइका राजबाट घर उपहारसम्म’

बलिउडका स्टार नायक हुन्, साहरुख खान । उनलाई ‘किङ खान’को रुपमा चिनिन्छ । बलिउडमा लामो समय बिताएका साहरुखले धेरै हिट चलचित्रमा काम गरेका छन् । प्रायः रोमान्टिक चलचित्रमा काम गर्ने साहरुखलाई बालकदेखि बृद्धसम्मले मन पराउँछन् । उनको क्रेज भारतमा मात्र नभएर, विश्व बजारमा नै छ ।

साहरुखको चलचित्र करिअरको बारेमा धेरै जानकार छन् । हामीले यहाँ साहरुखका केही किस्साहरु प्रस्तुत गरेका छौः

चुरोट लम्पट
साहरुख खान धेरै चुरोट पिउछन् । सुटिङ सेटदेखि घरमा पनि उनी चुरोटको साथमा रमाइरहेका हुन्छन् । सुटिङमा टेक सकिन नपाउँदै चुरोट सल्काउँछन् । गाडी चलाउँदै गर्दा पनि साहरुखको हातमा चुरोट हुन्छ । साहरुख आफ्नो चुरोटसँग छुट्टै प्रेम रहेको बताउँछन् । तर, उनले पछिल्लो समयमा चुरोट कम गर्ने बताइरहेका छन् ।

जुत्ता खोल्न मान्दैनन्
कुनै कार्यलय वा अफिसमा पुग्दा त्यहाँको नियम पछ्याउनु पर्ने हुन्छ । कतिपय ठाउँमा जुत्ता चप्पल लगाएर भित्र जान पाइदैन् । तर, साहरुख कहिल्यै आफ्नो जुत्ता खोल्न मान्दैनन् । यसको पनि रोचक कहानी छ । साहरुखले एक पटक मन्दिर दर्शक गर्ने समयमा जुत्ता बाहिर खोलेका थिए । उनको जुत्ता चोरले चोरिदिएको थियो । यसयता साहरुख आफ्नो जुत्ता बाहिर खोल्दैनन् ।

४ घण्टामात्र सुत्ने
साहरुख जम्मा ४ घण्टा सुत्छन् । १८ घण्टा उनी काममा लागिरहेका हुन्छन् । उनी ४ घण्टा भन्दा बढी सुत्नु भनेको आफ्नो जीवनलाई बर्बाद गर्नु हो भन्छन् । तपाईलाई लाग्न सक्छ, ‘यत्रो समय के काम गर्छन् त साहरुख ?’ झट्ट हेर्दा दर्शकलाई उनी अभिनय मात्र गर्छन् जस्तो लाग्छ । तर, भित्री रुपमा उनको व्यापार व्यवसाय धेरै छ । उनी त्यसलाई समय दिइरहेका हुन्छन् । चलचित्र कम्पनी रेड चिल्ली पनि उनैको निगरानीमा चलिरहेको छ ।

संघर्ष गरेर ‘मन्नत घर’
साहरुखको ‘मन्नत’ घरमा धेरैले आँखा गाडेका छन् । उनको घर विश्वकै महंगो घरहरुको सुचीमा पनि पर्छ । उनले यो घर धेरै पैसा कमाएपछि किनेका होइनन् । उनले संघर्ष गरिरहेकै समयमा यो घर खरिद गरेका हुन् । जुन घरमा पुगेर सेल्फी खिच्नेहरुको पनि भिड लागिरहेको हुन्छ । उनको घर निकै सुन्दर छ ।

बिवाहको लागि धर्म परिवर्तन
साहरुखको प्रेम जीवन पनि धेरैलाई थाहा भइसकेको कुरा हो । गौरी र साहरुखले प्रेम विवाह गरेका हुन् । तर, यो प्रेमलाई विवाहमा परिणत गर्न साहरुखले धेरै मिहिनेत गरेका छन् । धनी परिवारकी गौरीलाई आफ्नो बनाउन गरेको संघर्षको कथा निकै रोचक छ । अझ, विबाहको समयमा साहरुखले आफ्नो धर्म नै परिवर्तन गरिदिएका थिए । मुस्लिम साहरुख गौरीको लागि हिन्दु बनेका थिए ।

‘दुबई’का राजाबाट घर उपहार
साहरुखको दुबईमा पनि घर छ । त्यहाँ भएको उनको घर पनि निकै सुन्दर छ । तर, यो घर उनले किनेको भने होइनन् । दुबईका राजाले उनलाई यो घर उपहारमा दिएका हुन् । साहरुखको दुबईमा ठुलो व्यावसाय छ । त्यहाँको देशका लागि साहरुखले ठुलो सहयोग पनि गरेका छन् । त्यसै बापत साहरुखले राजाबाट घर उपहारमा पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment