Comments Add Comment

बुद्धचित्तसहित ४ जना पक्राउ

६ साउन, काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका-८ बाट प्रहरीले १०० किलोग्राम बुद्धचित्तसहित ४ जनालाई पक्राउ गरेको छ ।

बा२ज ५२२३ नम्बरको ट्याक्सी जाँच गर्ने क्रममा अवैध रुपमा ल्याएको बुद्धचित्तको दाना फेला पारी महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले ट्याक्सी चालक सहित ४ जनालाई आइतबार राति पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-७ बसुन्धरा बस्ने ४० वर्षीय शुक्र लामा, बसुन्धारा बस्ने दोलखाका २१ वर्षीय रोशन कार्की, बसुन्धारा बस्ने रामेछाप सुनापतीका २५ वर्षीय रुपेश लामा र ट्याक्सी चालक काठमाडौं कपन बस्ने सिन्धुली रानीबासका २१ वर्षीय बिनोद माझी रहेका छन् ।

उनीहरुले बनेपाबाट ७ वटा बोरामा बुद्धचित्तको दाना ल्याएर काठमाडौंतर्फ आउँदै गरेको प्रहरीले जानकारी दिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment