Comments Add Comment

छिन्ताङ जाने १२ किलोमिटर बाटो कालोपत्रे गर्न दुई वर्ष लाग्ने

६ साउन, धनकुटा । प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो आइतबार धनकुटाको बेलाहारा पुग्दा उनलाई फूलमालाले भव्य स्वागत गरियो ।

धनकुटाको बेलाहारा हुँदै गुठी-बाघखोर-छिदी सडकको कालोपत्रे निर्माण कार्यको शिलान्यास गर्न मन्त्री आङ्वो त्यहाँ पुगेका थिए । धनकुटा नगरपालिकाका वडाध्यक्ष मनोज रायमाझी (सन्दीप)का अनुसार कुल १२ किलोमिटर १७० मिटर लम्बाई रहेको यो सडकको कालोपत्रेको काम दुई वर्षमा सक्ने गरी ठेकेदार कम्पनीसँग सम्झौता भएको छ ।

सडक कालोपत्रेका लागि २१ करोड ७३ लाख ७९ हजार ४ सय २३ रुपैयाँ ५१ पैसा बजेट छुटि्टएको रायमाझीको भनाइ छ । यसअघि उन्नती नामक गैरसरकारी संस्थालाई साढे ५ करोडको लागतमा ग्राभेल गर्ने ठेक्का दिइएको रायमाझीले बताए ।

१२ किलोमिटर सडक कालोपत्रेका लागि दुई वर्षे ठेक्का हात पार्नेमा ठेकेदार कम्पनी रमण दिव्य ज्योती रोजन जेबी काठमाण्डौं रहेको छ । यो सडक खण्डको कालोपत्रे भएमा धनकुटाको बेलाहारा, छिन्ताङ, पाखि्रवास र हिलेका जनता लाभान्वित हुने वडाध्यक्ष रायमाझीको भनाइ छ ।

कालोपत्रे शिलन्यासका लागि दलबलसहित पुगेका अर्थमन्त्री आङबोले यस आर्थिक वर्षमा प्रदेश १ सरकारले पूर्वाधार विकासमा ४५ प्रतिशत बजेट विनियोजन गरेको बताए । उनले धनकुटामा मेडिकल कलेज स्थापना गर्न साढे १६ करोड बजेट विनियोजन गरेको समेत सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment