+
+

एनएमबी बैंकले सुरु गर्‍यो ‘हामी देख्छौं अपार सम्भावना’ अभियान

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन ६ गते १९:५८

एनएमबी बैंकले ‘हामी देख्छौ अपार संभावना’ को अवधारणासहित नयाँ कर्पोरेट अभियान सुरु गरेको छ।

बैंकले दिगोपन र मूल्यमा आधारित बैंकिङका लागि आफ्ना मूल्यमान्यतालाई प्रस्तुत गर्ने प्राथमिकताका क्षेत्रहरूमा जोड दिँदै आफूलाई फरक बैंकको रूपमा प्रस्तुत गर्दै आएको जनाएको छ।

‘हामी देख्छौं अपार संभावना’ को अवधारणाले यदि कसैले प्रयास गरेमा अरुले सामान्य आँखाले स्पष्ट देख्न नसक्ने सतहभन्दा टाढाका अवसरहरू देख्न सक्ने प्रयासको सकारात्मक अर्थलाई बिम्वित गर्दछ।

यसले आत्मविश्वासको भावना उत्पन्न गर्ने प्रयास गर्छ, यस मार्फत् बैंकले मुलुकको असीमित स्रोत साधनको उपयोग गर्नमा सहायता गर्नेछ। यसको माध्यमबाट सामान्य मानिसलाई सफल तुल्याउन सहयोग गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ।

एनएमबीसँग प्राप्त अवसरहरुलाई सशक्त बनाउने र जे साधारण देखिन्छ त्यसभन्दा अगाडी देख्ने ऐतिहासिक सामथ्र्य रहदै आएको जनाइएको छ।

हामी दृष्टिगोचर भन्दा अगाडी देख्नमा विश्वास राख्दछौं र त्यो नै हाम्रो सफलताको लागि उत्प्रेरक बन्ने गरेको छ, विज्ञप्तिमा भनिएको छ, यो अभियानले हामी सबै नेपालीहरुका लागि नेपालमा प्रशस्त अवसरहरु छन् र एनएमबि ती अवसरहरुलाई सफलतामा परिणत गराउनका लागि सहायता गर्न तत्पर छ भनी सम्पूर्ण सरोकारवालाहरुलाई आश्वस्त तुल्याउन चाहन्छौं।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?