Comments Add Comment

खाद्य सामग्री कसरी स्टोर गर्ने ?

व्यस्त दैनिकीका कारण हामी प्रत्येक दिन खाद्य सामग्री किन्नका लागि पसल गैरहन भ्याउँदैनौं । त्यसैले अहिले शहरमा बसोबास गर्ने अधिकांश व्यक्तिहरु समय बचाउनका लागि तथा आफूलाई सहज होस् भन्नका लागि बजार भएको बेला कम्तिमा एक हप्तालाई पुग्ने खाद्य सामग्री खरिद गर्छौं ।

यसले हामीलाई भान्छामा खाना पकाउन सजिलो हुन्छ । तर, हामीले बजारबाट ल्याएका खाद्यसामाग्रीहरु उपयुक्त तरिकाले राखेनौ भने त्यसले हाम्रो स्वस्थ्यमा नराम्रो असर पुग्छ भन्ने कुरा सबैलाई थाहा नहुन सक्छ ।

अझ भनौ अहिलेको व्यस्त जीवनशैलिका कारण हामीलाई घरमा पकाएर खाने फुर्सद पनि हुँदैन । जसका कारण हामी प्याक्ड फुड अथवा प्रोसेस्ड फुड किन्छौं । जसलाई हामी धेरै दिनसम्म घरमा राख्छौ । यस्ता खाद्यसामाग्रीलाई पनि सहि तरिकाले राखेनौं भने त्यसले हाम्रो स्वास्थमात्र होइन, घरलाई समेत नराम्रो प्रभाव पार्छ ।

त्यसैले घरमा काँचो र प्रोसस्ड फुड (प्याक फुड) लाई कसरी स्टोर गर्ने भन्ने बारेमा जानकारी दिदैछौ ।

-रेफ्रिजरेटरको तापमान माइनस ५ डिग्री सेल्सियसमा राख्नु पर्छ ।

-डिप फ्रिजको तापमान माइनस १८ डिग्री सेल्सियसमा राख्नु पर्छ ।

-सबै खाद्यसामाग्रीमा समान रुपमा चिसोपना होस् भन्नाका लागि खाद्यसामाग्री स-साना भागमा राख्नु उपयुक्त हुन्छ ।

-काटेको खाने कुरा र जुसहरु तुरुन्त खानु उपयुक्त हुन्छ ।  फ्रिजमा राख्नु परेमा पनि छोटो समयको लागि मात्र राख्नुपर्छ ।

-पाकेको खानालाई तातै अवस्थामा फ्रिजमा राख्नु हुँदैन, सेलाउन दिनु पर्छ ।

-तयार खानेकुरामा स्टिकर लगाउनु पर्छ, जसमा खानेकुराको बनेको र कहिलेसम्म खान मिल्ने मिती राख्नु पर्छ ।

-रेफ्रिजरेटरमा पाकेको खाद्यसामाग्रीलाई सबैभन्दा माथिल्लो भागमा र काँचो खाद्यसामाग्रीलाई तल्लो भागमा राख्नु पर्छ ।

-माछामासुलाई डिप फ्रिजमा राख्नुपर्छ  अथवा १८ डिग्री सेल्सियस भन्दा कम तापमानमा राख्नु पर्छ ।

-टिनमा स्टोर गरिएका खाद्यसामाग्री फलामको स्वाद आउँछ । त्यसैले त्यस्ता खाद्यसामाग्रीलाई फ्रिजमा राख्नु अगाडि अर्को भाडामा राख्नु अति नै आवश्यक हुन्छ ।

-खाद्यसामाग्रीलाई राम्रोसँग स्टोर गरिएन भने यसमा हानिकारक ब्याक्टेरिया उत्पन्न हुन थाल्छ । जसले हामीलाई बिरामी नै बनाउन सक्छ ।

-प्लास्टिकमा राखिएको खाद्यसामाग्री यताउता गर्दा प्लास्टिक च्यातिन सक्छ, जुन ब्याकटेरियाको बिकार र प्रसारको कारण बन्न सक्छ । त्यसैले फ्रिजमा प्लास्टिकमा खाद्यसामाग्री राख्दा यी कुरामा ध्यान दिनु पर्छ ।

-स्टोर गरिने खाद्यसामाग्री कुनलाई कति तापक्रम चाहिन्छ, त्यो कुरा ध्यान दिनु आवश्यक छ । कुनै खाद्यसामाग्रीलाई बढि तापमान आवश्यक पर्छ भने कुनैलाई अत्याधिक चिसोको आबश्यक पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment