+
+
Shares

संसद खुलाउन कांग्रेस र राजपा सहमत, बाढीपहिरोबारे छलफल हुने

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन ८ गते १२:४८

८ साउन, काठमाडौं । नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपाल संसदको अवरोध खुलाउन सहमत भएका छन् ।

लगातार संसद अवरोध गर्दै आएका कांग्रेस र राजपाले नै बुधबार संसदमा बाढी पहिरोसम्बन्धी विषयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन् ।

बुधबार २ बजे बस्ने संसद बैठकमा उक्त जरुरी सार्वजनिक महत्वको विषयमा छलफल हुने र गृहमन्त्री रामबहादुर थापा बादलले जवाफ दिने गरी दलहरुबीच सहमति भएको हो ।

संसद बैठक सञ्चालन गर्ने विषयमा भएको बुधबार भएको छलफलमा सभामुख कृष्णबहादुर महराले पूर्वनिर्धारित कार्यसूचीलाई हटाएर जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गराउन सहमत भएका छन् ।

कांग्रेसले पनि सर्लाही घटनाको मुद्दा थाती राखेर संसद बैठक चलाउन दिन सहमति जनाएको छ । सर्लाहीमा विप्लव समूहका नेता कुमार पौडेलको मुठभेडमा भएको भनिएको मृत्युको विषयलाई लिएर कांग्रेस र राजपाले संसद अवरोध गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?