८ साउन, बुटवल । अविरल वर्षापछि आएको बाढीले बुटवल उपहानगरपालिका-१२ ढवाहमा एउटा घर बगाएको छ ।
पिसपार्क नजिकै रहेको दीपक विकको घर मंगलबार राति १ बजे सतगढी खोलामा आएको बाढीले बगाएको प्रहरीले जनाएको छ ।
जोखिमका कारण मंगलवार सुरक्षित स्थानमा सारिएकाले मानवीय क्षति भने नभएको इलाका प्रहरी कार्यालय बुटवलका पहरी नायव उपरीक्षक भीमलाल भट्टराइले जानकारी दिए । दीपकको परिवार छिमेकीको घरमा बसेका छन् ।
बाढीको सम्भावनालाई मध्यनजर गर्दै वारिपारि सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा खोलामा जाली तथा ढुंगाको पर्खाल लगाए पनि मंगलबार राति आएको ठूलो बाढीका कारण घर बगेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4