Comments Add Comment

बाढी पीडितलाई सांसदको एक दिनको तलब

८ साउन, काठमाडौं । प्रतिनिधिसभाले बाढी तथा पहिरो पीडितहरुको उद्दार, राहत तथा पुनर्स्थापनामा कुनै कमी हुन नदिन सरकारलाई आग्रह गर्दै विशेष प्रस्ताव पास गरेको छ ।

बुधबार सार्वजनिक महत्वको प्रस्तावमाथि छलफलपछि सभामुख कृष्णबहादुर महराले विशेष प्रस्ताव पेश गरेका थिए, जसलाई प्रतिनिधिसभाले पास गरेको छ । संसदले घाइतेहरुको उपचारमा कुनै कमी हुन नदिन सरकारलाई निर्देश गरेको छ ।

सभामुख महराले सांसदहरुको एक दिनको तलब प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment