
काठमाडौं । झापाको दमकमा रहेको दुर्गा मन्दिर छेउमा युवाको समूहबीच झगडा हुँदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते छन् ।
जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार मृत्यु हुनेमा दमक-२ का १८ वर्षीय विक्रम लिम्बू छन् । घटनामा दमक ३, बेलडाँगीका सरोज भण्डारी र दमक ३ का सुजन भुजी घाइते छन् ।
भण्डारीलाई थप उपचारका लागि बिर्तामोडको बिएन्डसी हस्पिटल पठाइएको छ भने अर्का घाइतेको अवस्था सामान्य रहेको झापाका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।
बुधबार अपरान्ह भएको घटनामा संलग्न ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ‘घटनाको एक घण्टा नवित्दै उनीहरूलाई समातेका हौँ’, मैनालीले भने ।
सामान्य विषयलाई लिएर विवाद भएको बताइए पनि विस्तृत खुलिसकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4