+
+
Shares

अभद्र व्यवहारको मुद्दा मिलाउन प्रहरीले माग्यो १८ हजार !

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन ९ गते १३:३५

९ साउन, काठमाडौं । प्रहरीले अभद्र व्यवहार सम्बन्धी कसूरमा मुद्दा कमजोर बनाइदिने प्रलोभन देखाएर सेवाग्राहीसँग १८ हजार रुपैयाँ मागेको भेटिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालले घुससहित दुई जना प्रहरीलाई पक्राउ गरेसँगै यो कर्तुत सार्वजनिक भएको हो ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार विशेष सूचना र उजुरीका आधारमा खटिएको टोलीले प्रहरी नायब निरीक्षकद्वय रमेशबहादुर पाण्डे र राजु स्वर्णकारलाई १८ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको छ ।

काठमाडौं-८, मिथिला काबेली यातायात र अनलाइन डिलक्सको टिकट काउन्टर अगाडिबाट उनीहरुलाई पक्राउ गरिएको कोइरालाले बताए ।

पक्राउ परेका दुवै जना महानगरीय प्रहरी वृत्त, गौशालामा कार्यरत थिए ।

यसअघि २७ असारमा सवारी दुर्घटनामा परेका व्यक्तिका लागि बिमा रकम दाबी गर्न सिफारिस गरिदिने भन्दै एक लाख घुस लिने ४ प्रहरी जवान पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?