+
+

बहिर्गमित जनमुक्ति सेनाको चेतावनी- प्रचण्ड र बाबुरामलाई हेग पुर्‍याउँछौं

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन ९ गते १६:०२

९ साउन, काठमाडौं । बर्हिगमित जनमुक्ति सेनाले सरकारले आफूहरुको माग पूरा नगरे अन्तर्राष्ट्रिय फौजदारी अदालत ‘द हेग’ मा जाने चेतावनी दिएका छन् ।

रिपोटर्स् क्लब नेपालमा पत्रकार सम्मेलन गरी बर्हिगमित जनमुक्ति सेना केन्द्रीय संघर्ष समितिले पुनः स्थापनाको लागि उपयुक्त सहयोग नगरे तत्कालीन माओवादीका नेताहरु प्रचण्ड, डा. बाबुराम भट्टराईलगायत नेताहरुलाई ‘हेग’ पुर्‍याउने चेतावनी दिए ।

‘कि त आवश्यक र उपयुक्त सहयोग गरियोस्, कि त सरकार र सरोकारवाला पक्षले बालसैन्य भर्तीबाट भएको अधिकारको उल्लंघनको जिम्मेवारी लिइयोस्,’ संघर्ष समितिका इन्चार्ज लेनिन बिष्टले अघि भने, ‘तीन महिनाभित्र प्रचण्ड, बाबुराम भट्टराईलगायतका नेताहरुलाई हेग पुर्‍याइनेछ ।’

बर्हिगमित जनमुक्ति सेना नेपालका अध्यक्ष असिम लिम्बूले माग पूरा नगर्ने हो भने प्रचण्ड र बाबुराम जेल जाने बताए ।

उनले भने, ‘जायज माग सम्बोधन तत्काल नगरिए प्रचण्ड र बाबुरामलाई जेल जानबाट कसैले रोक्न सक्दैन ।’ पार्टी एक गरेर भाग्न नसक्ने भन्दै उनले नेताहरुले गम्भीर अपराधको सजाय भोग्नै पर्ने बताए ।

बर्हिगमित जनमुक्ति सेनाका उपाध्यक्ष राजन थापाले शान्ति प्रक्रियाको एउटा हिस्सालाई सडकमा छाडेर शान्ति प्रक्रिया पूरा भएको भ्रम फैलाइएको बताए ।

उनले भने, ‘जबसम्म शान्ति प्रक्रियाको हिस्सा बालसैन्य र बर्हिगमित जनमुक्ति सेनाको जायज माग सम्बोधन हुँदैन, तबसम्म शान्ति प्रक्रिया पूरा हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?