+
+
Shares

वडाध्यक्षले माफी मागेपछि कर्मचारीको आन्दोलन स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन ९ गते १७:५९

९ साउन, वीरगञ्ज । वडाध्यक्षलगायतले माफी मागेपछि स्थानीय तहका कर्मचारीहरुको आन्दोलन स्थगित भएको छ । गत साउन ५ गते सखुवाप्रसौनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश यादवलाई अभद्र ब्यबहार गर्ने वडाध्यक्षलगायतले माफी मागेका हुन् ।

जिल्ला प्रहरी कार्यालय पर्सामा भएको छलफलमा लिखितरुपमा माफी मागेपछि स्थानीय तहका कर्मचारी आन्दोलन स्थगित गरी नियमित काममा फर्किन तयार भएका छन् ।

नियम विपरीत कामको भुक्तानी नदिइने, कर्मचारीहरुलाई कुनै पनि असुरक्षाको अवस्थाको सिर्जना हुन नदिने, गाउँपालिकाको अध्यक्षले सबै कर्मचारीको सुरक्षाको जिम्मेवारी लिने सहमति पत्रमा हस्ताक्षर भएपछि आन्दोलन स्थगित गरिएको नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष अमित गिरीले बताए ।

जिल्ला प्रहरी कार्यालय पर्सामा पर्सा जिल्लाका विभिन्न स्थानीय तहका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरु बीचमा भएको वार्तामा लामो समयसम्म सहमति हुन सकेको थिएन । पछि दुवै तर्फका ५/५ जना प्रतिनिधिको बीचमा बार्ता भएपछि लिखित सहमति भयो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?