Comments Add Comment

रौतहटमा फेरि बाढी

९ साउन, रौतहट । २८ असारमा आएको बाढीबाट जनजीवन सामान्य हुन नपाउदै रौतहटमा फेरि बाढी आएको छ । पहाडी क्षेत्रमा केही दिनदेखि परेको वर्षाका कारण रौतहटको लालबकैया नदीमा बाढी आएको छ ।

पूर्वमा रहेको बाग्मती नदी अहिले केही सामान्य देखिए पनि लालबकैयामा भने पानीको वहाव उच्च रहेको छ । २८ असारमा आएको बाढीले बाग्मती र लाल बकैया नदीको बाँध विभिन्न स्थानमा फुटाएको थियो । ती बाँध मर्मत हुन नपाउदै दोस्रो पटक आएको बाढीले स्थानीय चिन्तित भएका छन् ।

लाल बकैया नदीमा पानीको बहाव अत्याधिक भएपछि ईशनाथ नगरपालिकाको बन्जरहा डुबानमा परेको छ । यसैगरी गौर नगरपालिकको सवगढामा पनि बाढीको पानी पसेको छ ।

गौर चन्द्रनिगाहपुर सडकखण्ड अन्तर्गत सवगढामा रहेको लच्कामा पानीको वहाव निकै तीब्र भएपछि साना सवारी साधनहरुको आवागमन रोकिएको छ । सो स्थानमा नेपाली सेनाले स्थानीयलाई बाटो पार गर्न सहयोग गरिरहेको छ ।

गौर नगरपालिकाको महादेवपट्टी र भन्सार क्षेत्रमा पनि बाढीको पानी पसेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी नवीन कार्कीले बताए । बाढीको पानी रौतहटको बन्जरहा, फतुवामहेशपुर, राजपुर, जिंगडवा, पुरेनवामा पनि पसेको छ । लगातारका बाढीका कारण स्थानीयको जनजीवन प्रभावित बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment