Comments Add Comment

क्षेत्रीय प्रतिनिधिको रेकर्ड खोज्दै कांग्रेसमा

९ साउन, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिमा अन्तरिम संरचना र १४ औं कार्यतालिकाबारे छलफल सुरु भएको छ ।

तर क्रियाशील सदस्यहरुको तथ्यांक नयाँ संरचनाअनुसार नभएको र क्षेत्रीय प्रतिनिधिहरुको तथ्यांक केन्द्रीय कार्यालयसँग नरहेको महामन्त्री पूर्णबहादुर ड्काले बताएका छन् ।

पार्टी कार्यालय सानेपामा बसेको बैठकको सुरुमा नै महामन्त्री खड्काले अन्तरिम संरचना निर्माण गर्नुपूर्व यो प्राविधिक कामका लागि नै केही समय चाहिने जानकारी गराएका हुन् । देशभरका ४ लाख ७० हजार क्रियाशील सदस्यहरु सूची केन्द्रसँग छ तर, स्थानीय तहको संरचना हेरफेर भएकाले नयाँ संरचनाअनुसार मिलाउन बाँकी छ ।

क्षेत्रीय प्रतिनिधिहरुको विवरण भने जिल्ला र क्षेत्रीय समितिसँग मात्र छ । सबै जिल्ला र क्षेत्रीय समितिहरुलाई ३ दिनभित्र विवरण पठाउन भनिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

उनका अनुसार यसअघि क्षेत्रीय प्रतिनिधिले महाधिवेशन प्रतिनिधि, जिल्ला सदस्य र जिल्ला सभापति चयन गर्थे । त्यसैले उनीहरुको विवरण क्षेत्रीय र जिल्ला समितिसँग मात्र रहृयो ।

तर पार्टीलाई संघीय संरचनाअनुसार बनाउन अन्तरिम संरचना बनाउने निर्णय गर्दा साविककै प्रतिनिधिहरुले भोट हाल्ने व्यवस्था गरियो । अब ३३० प्रदेशसभा क्षेत्रीय निर्वाचन समितिमा अन्तरिम संरचना बनाउन क्षेत्रीय प्रतिनिधिहरुको खोजी सुरु भएको हो ।

कांग्रेसका एक पदाधिकारीकाअनुसार पार्टीको निर्वाचन समितिले २४ साउनभित्र क्रियाशील सदस्य र क्षेत्रीय प्रनिनिधिको रि-लोकेट गरिएको विवरण उपलब्ध गराए १० भदौमा प्रदेशसभा क्षेत्रीय निर्वाचन समितिहरु बनाइसक्ने बताएको छ । ‘त्यही टाइमलाइनलाई भेट्टाउने गरी केन्द्रीय कार्यालयले गृहकार्य गरिरहेको छ’, स्रोतले भनेको छ ।

महामन्त्री खड्काले प्राविधिक काममै समय लाग्ने रिपोर्टिङ गरेपछि केन्द्रीय सदस्य महेश अचार्यले असन्तुष्टि जनाए । पार्टीको विधानअनुसार केन्द्रीय महाधिवेशन हुनु एक वर्ष पहिले स्थानीय तहको संरचना बनाउनु पर्ने भन्दै उनले ढिलोमा फागुनभित्र त्यो काम हुनुपर्ने बताए । तर त्यो समयमा त अन्तरिम संरचना बनाउन समेत मुस्लिक देखिएको भन्दै उनले के विकल्प छ भन्दै पदाधिकारीलाई प्रश्न गरे ।

उपसभापति विमलेन्द्र निधिले भने त्यही विकल्पको खोजीका लागि बैठक राखिएको जवाफ दिएका छन् । उनले अन्तरिम संरचना नबनेसम्म १४ औं महाधिवेशनको कार्यातालिका बन्न नसक्ने समेत प्रष्ट पारेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

केन्द्रीय कार्यसमितिको बैठकमा अर्का उपसभापति विजयकुमार गच्छदारले भने कांग्रेस भएकै कारण आफूलाई बालुवाटार जग्गा विवादमा मुझ्ने प्रयास गरेको गुनासो गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment