Comments Add Comment

पूर्वमन्त्री चतुर्भुजप्रसाद सिंहको निधन

१० साउन, लहान । पूर्वमन्त्री चतुर्भुजप्रसाद सिंहको आज बिहान निधन भएको छ ।

सप्तरीको राजविराज नगरपालिका निवासी उनको आज बिहान ६ बजे आफ्नै निवासमा निधन भएको छोरा सुमनप्रसाद सिंहले जानकारी दिए ।

१९८९ असोजमा जन्मिएका उच्च रक्तचापबाट पीडित ८७ वर्षीय सिंह ०१९ देखि ०४६ सम्म पटक–पटक सूचना तथा सञ्चार, भौतिक योजना तथा यातायात र उद्योग तथा वाणिज्य मन्त्रीको कार्यभार सम्हालेका थिए ।

मुलुकमा प्रजातन्त्र स्थापनापछि पूर्वमन्त्री सिंहले सक्रिय राजनीति छोडेर समान्य जीवन बिताएका थिए । उनका दुई छोरा र छोरी छन् । उनका जेठो छोरा डा. रमणप्रसाद सिंह चिकित्सक र कान्छो छोरा सुमनप्रसाद प्राध्यापक छन् ।

स्व सिंहको आजै हिन्दू परम्पराअनुसार अन्तिम संस्कार गरिने परिवारजनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment