Comments Add Comment

सबैको लघुवित्तको आईपीओ बाँडफाँट, अधिकांश खाली हात

१० साउन, काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) बाडफाँट भएको छ । संस्थाले निष्कासन गरेको ५ लाख ३० हजार कित्ता आईपीओ केहिबेर अघि बाडफाँट भएको हो ।

गोलाप्रथाबाट गरिएको बाडफाँटमा आवेदन दिने अधिकांश रित्ताे हात भएका छन् । आईपीओका लागि माग गरिएको भन्दा ११.४८ गुणा बढी आवेदन परेको संस्थाको बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलको जनाएको छ ।

बिक्री प्रवन्धक एनआइबीएल एसका अनुसार ५६ लाख ८९ हजार ८३० कित्ताका लागि ३ लाख ३ हजार २०८ आवेदनबाट ५६ करोड ८९ लाख ८३ हजार रुपैयाँको आवेदन परेको थियो ।

आवेदन दिएकामध्ये ४९ हजार ५२५ जनाले मात्रै गोलाप्रथाबाट १० कित्ताका दरले आईपीओ पाएका छन् ।

लघुवित्तले साउन १ देखि ५ गतेसम्म ५ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । त्यसमध्ये कम्पनीले ८ हजार २५० कित्ता शेयर लघुवित्तका कर्मचारीहरु तथा २६ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ भने बाँकी ४ लाख ९५ हजार २५० कित्ता शेयर सर्वसाधारणमा बाँडफाँट गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment