Comments Add Comment

लोकराजको तीज गीतमा श्रृष्टीको छमछमी

आधुनिक र चलचित्र क्षेत्रमा सफल गीतकारको पहिचान बनाएका लोकराज अधिकारीले ‘रे पटम भरर’ बोलको नयाँ तीज गीत सार्वजनिक गरेका छन् । यसमा शब्द सिर्जना र लय संकलन अधिकारीकै हो ।

ऋतु कँडेलको स्वरमा सजिएको गीतमा संगीत संयोजन गोविन्द मधुर आचार्यले गरेका छन् । म्युजिक भिडियोमा श्रृष्टि खड्काको मुख्य अभिनय छ । प्रकाश भट्टको निर्देशनमा राजेश घिमिरेले छायांकन गरेका छन् । साई भिजन प्रालिले निर्माण गरेको यो म्युजिक भिडियोको सम्पादन भने विष्णु शर्माले गरेका छन् ।

लोकराज दाङ जिल्लाबासी भएकाले उनको तीज गीतमा दाङ र दाङ आसपासका जिल्लाका भाकालाई समेट्ने प्रयास गरेको पाइन्छ ।

यस वर्ष लोकराज अधिकारीले चारवटा तीज तयार पारेका छन् । ऋतु कँडेलको स्वरमा ‘रे पटम भरर’ र पूर्णिमा लामाको स्वरमा रहेको ‘नाँच चेली’ सार्वजनिक भइसकेका छन् । मिना केसी र कोपिला गौतमले गाएका गीतहरु सार्वजनिक हुन बाँकी छन् ।

दुई दशकदेखि नेपाली गीति साहित्यमा सकृय गीतकार अधिकारीले गत वर्ष भारतको दिल्लीमा भारतीय संस्थाले आयोजना गरेको कार्यक्रममा नेपालको चर्चित गीतकारका रुपमा नेपाली गौरव अवार्ड २०१८ जितेका थिए ।

त्यसैगरी थाइल्याण्डमा सम्पन्न छायाछवि अन्तर्राष्ट्रिय अवार्डमा सर्वोत्कृष्ट गीतकारको अवार्ड पनि उनले जितेका छन् ।

यसैबीच यही साउन २७ मा कतारमा रहेको संस्था स्टार गोल्डको आयोजनामा हुँदै गरेको अन्तर्राष्ट्रिय म्युजिक अवार्डमा पनि चलचित्र र सुगम संगीततर्फ गरी दुई विधामा उत्कृष्ट गीतकारको रुपमा अधिकारी छनौटमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment