Comments Add Comment

गुल्मी पहिरो अपडेट : १३ जनाकै शव आफन्तलाई बुझाइयो

१० साउन, गुल्मी । गुल्मीको सत्यवति गाउँपालिकामा पहिरोमा परी मृत्यु भएका १३ जनाकै शव आफन्तले  बुझेका छन् । बेपत्ता सबैको शव भेटिएपछि पोष्टमार्टम गरेर शुक्रबार आफन्तलाई बुझाइएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए ।

गत मंगलवार राति अविरल वर्षासँगै आएको पहिरोमा परी सत्यवति गाउँपालिका वडानम्बर ३ र ४ को लिम्घा र ठूलो लुम्पेकमा डेढ वर्षीय बालक सञ्जु बिकसहित तारा बिक, माया बिक, बबी बिक, निर्मला बिक, पम्फा बिक, अञ्जली बिक, हिमान्सु बिक, छली बिक, सिवानी बिक, तिलकुमारी तरामु, दर्शन तरामु र दुर्गाबहादुर सिंजालीको मृत्यु भएको थियो ।

पहिरोमा घाइते भएका ठूलो लुम्पेकका करिष्मा र धनी त्ररामुलाई भने दुई दिनपछि हेलिकोप्टरमार्फत उपचारको लागि काठमाडाैं लगिएको छ । घाइते २ जनाको टाउकोमा चोट भएकाले थप उपचारको लागि काठमाडौं पठाउनु परेको उपचारमा खटिएकी डाक्टर शिला ढकालले जानकारी दिइन् ।

उनीहरुको काठमाडौंको त्रिबि शिक्षण अस्पतालमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । मृतका परिवारलाई तत्कालको लागि कि्रयाखर्चका लागि गाउँपालिकाले १०/१९ हजार रकम उपलब्ध गराएको छ । थप राहतको लागि केन्द्र सरकार र प्रदेश सरकारसँग समन्वय गरिरहेको प्रमुख जिज्ला अधिकारी पौडेलले बताए ।

पहिरो प्रभावित क्षेत्रमा सडक अबरुद्ध भएपछि हेलिकोप्टरमार्फत २० क्वीन्टल चामल, दुई क्वीन्टल दाल र एक क्वीन्टल चिउरा ठूलो लुम्पेकमा पुर्‍याइएको छ ।

पहिरोले ठूलो मानवीय क्षति भएकोले दुई स्थानका करिव ६ सय घरपरिवार सुरक्षित स्थानमा सारिएको छ । पहिरो प्रभावित क्षेत्रमा ३ सय पशु चौपायाँ मरेको अनुमान गरिएको छ । बिस्थापित परिवारको नामावली संकलन सुरु गरिदैंछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment