+
+
Shares

‘दि भ्वाइस’को कुर्चीमा दर्शक

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १० गते १८:३८

विश्वकै नम्बर १ गायन रियालिटी शो ‘दि भ्वाइस’ साउनको तेश्रो साताबाट हिमालय एचडीबाट प्रशारण हुँदैछ । पहिलो संकरणमा नै लोकप्रियता हासिल गरेको यो गायन शो यसपटक पनि प्रतिस्पर्धीको उत्साहजनक सहभागीता छ ।
शो प्रशारण हुनु अगाडि यसको निर्माणपक्षले यसको प्रचारको सुरुवात गरेको छ । काठमाण्डौका विभिन्न मलमा दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्दै शोको प्रचार गरिएको हो ।

काठमाण्डौको सीटी सेन्टरमा दर्शकले ‘दि भ्वाइस’को ब्लाइन्ड अडिसनमा कोचले प्रयोग गर्ने कुर्चीमा आफूलाई राखेर नयाँ अनुभव गरेका छन् । ब्लाइन्ड अडिसनमा यति कोचले यो कुर्ची घुमाएको खण्डमा प्रतिस्पर्धी नयाँ चरणका लागि छनोट हुन्छन् । ‘दि भ्वाइस’को यो चरणलाई दर्शकले अत्याधिक मन पनि पराएका छन् ।

काठमाण्डौका विभिन्न मलमा दर्शकसँग प्रत्यक्ष भेटघाट गर्ने ‘दि भ्वाइस’ आयोजकको योजना अनुसार कमलादीको सिटी सेन्टरमा यो कार्यक्रम आयोजना गरिएको हो । एएनसी इभेन्ट म्यानेजमेन्टले यो शोलाई नेपाल भित्राएको हो । यसपटक पनि दर्शकले शोलाई गतबर्षको भन्दा अझै बढी रुचाउने शो निर्माण टिमको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?