Comments Add Comment

कांग्रेसमा डा. रिजालको प्रस्तावः अन्तरिम संरचनाको व्यवस्था निलम्बन गरौं

काठमाडौं । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले आन्तरिम संरचना बनाउनुपर्ने पार्टी विधानको धारा नै निलम्बन गर्ने प्रस्ताव गरेका छन् । यसले केन्द्रीय कार्यसमिति बैठकमा चलिरहेको बहसमा नयाँ ट्वीस्ट ल्याएको छ ।

कांग्रेस बैठकमा बिहीबारबाट अन्तरिम संरचना निर्माण र १४ औं महाधिवेशनको कार्यतालिबारे छलफल सुरु भएको थियो । शुक्रबारको बैठकमा नेता रिजालले बाधा अड्काउ फुकाउमार्फत संक्रमणकालीन व्यवस्था निलम्बन गरेर १४ औं महाधिवेशनमा जुट्ने प्रस्ताव राखेका हुन् ।

रिजालकाअनुसार नयाँ संरचनाअनुसार क्रियाशील सदस्यताको विवरण बनाउन तीन महिना लाग्ने पदाधिकारीहरुले बताएका छन् । तर पार्टीको विधानअनुसार केन्द्रीय महाधिवेशन गर्नु एक वर्ष अगाडि नै गाउँनगर अधिवेशन भइसक्नुपर्छ ।

रिजालले भने, ‘अब हामीसँग साढे ७ महिना छ । एक वर्ष म्याद थपे पनि २० महिना हुन्छ । तर, अहिले नै महाधिवेशनको प्रक्रिया सुरु गर्दा पनि १५ महिना चाहिने भयो । त्यसैले अन्तरिम संरचना होइन, महाधिवेशनको प्रक्रिया थालौं ।’

कांग्रेसमा चुनावपछि अन्तरिम संरचनाको वकालत गर्ने मध्ये रिजाल पनि एक थिए । तर उनैले यो व्यवस्था निलम्बन गर्ने प्रस्ताव ल्याउँदा धेरैले आश्चर्य व्यक्त गरेका छन् ।

रिजालले भने विधान बन्न र लागू गर्न निकै समय लागेकाले अब अन्तरिम संरचना बनाएर १४ औं महाधिवेशनको प्रक्रिया सुरु गर्न समय अभाव हुने तर्क गरेका छन् । त्यसैले बाधा अड्काउमार्फत संक्रमणकालीन व्यवस्था निलम्बन गरेर तत्काल महाधिवेशनको प्रक्रिया थाल्नुपर्ने आफ्नो धारणा रहेको रिजालले बताए ।

बैठकमा अर्जुननरसिंह केसी, प्रदीप पौडेल लगायतका नेताहरुले भने अझै पनि अन्तरिम संरचना बनाएर जान सकिने तर्क गरेका छन् । पौडेलले त सबैभन्दा विकट क्षेत्रमा आफूलाई पठाए १० दिनभित्र क्रियाशीलको विवरण ल्याउने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment