Comments Add Comment

बुद्धि बंगारा खुस्कियो, अस्थायी विरामी हुँः प्रधानमन्त्री

११ साउन, काठमाडौं । बाँसबारीस्थित गंगालाल अस्पतालको नवनिर्मित ओपीडी भवन उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली एक घन्टा ढिलो पुगे ।

स्वास्थ्यमा समस्या भएकाले कार्यक्रममा नआउन चाहेको तर कर गरेपछि आएको बताएका प्रधानमन्त्रीले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा झण्डै एक घण्टै भाषण गरे ।

आफ्नो हजुरआमाले १०१ वर्षको उमेरमा भुटेको मकै भटमास चपाउने गरेको तर, आफ्नो भने ६७ वर्षको उमेरमा नै बुद्धि बंगारा फुस्किएर असक्त भएको उनले सुनाए । प्रधानमन्त्री ओलीले भने, ‘म ६७ वर्षको हुन लागें , हिजो बेलुका मेरो दाहिने पट्टिको माथिल्लो पट्टिको बुद्धि बंगारो आफैं खुस्कियो । छामेर हेरेँ, जरा पनि छैन, रगत पनि आएन । कति असक्त भएको रहेछ ।’

असक्त भएर नआउन खोजेको तर कार्यक्रममा आएर लामो बोलेपछि नक्कली विरामी रहेछ भन्न सक्ने भएकाले आफ्नो समस्या सुनाएको उनले बताए । प्रधानमन्त्री ओलीले भने, ‘यो अस्थायी विरामी हो, नक्कली चाहिँ होइन ।’

प्रधानमन्त्री ओलीले औषधि विज्ञानको क्षेत्रमा नेपालले प्रगति गरेको भन्दै खुसी व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment