Comments Add Comment

चीनबाट ४४ नेपाली महिला कामदार फर्काइयो

काठमाडौं । चीनमा समस्यामा परेका ४४ नेपाली महिला कामदार स्वदेश फर्किएका छन् । ल्याओनिङ प्रान्तस्थित दान्दोङ रिशिङ कारखानामा कार्यरत नेपाली महिलाहरुलाई स्वेदश फर्काइको बेइजिङस्थित नेपाली दूताबासले जनाएको छ ।

उनीहरु भोलि काठमाडौं आइपुग्नेछन् ।

दूताबासका अनुसार नेपाली महिलाहरु श्रम स्वीकृति लिएर दान्दोङ रिशिङ कारखानामा काम गर्न गत मेमा गएका थिए । तर, जुन दोस्रो साता करार अनुसार पारिश्रमिक र सेवा सुविधा नपाएको गुनासो आएपछि दूताबासले उद्दार थालेको थियो ।

चीनका सरकारी निकायसाग सम्वयन गरेर म्यानपावर कम्पनीको खर्चमा उनीहरुलाई नेपाल फर्काइएको बेइजिङस्थित दूताबासद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment