Comments Add Comment

सानिमा बैंकले कमायो २ अर्ब २४ करोड

१२ साउन, काठमाडौं । सबैभन्दा कान्छो वाणिज्य बैंक सानिमाले आर्थिक वर्ष ०७५/७६ को चौथो त्रैमासमा राम्रो प्रगति गरेको छ । बैंकले आइतबार आफ्नो वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकले गत आर्थिक वर्षमा २ अर्ब २४ करोड ३३ लाख ८९ हजार रुपैयाँ कमाएको छ ।

आर्थिक वर्ष ०७४/७५ मा बैंकले १ अर्ब ६९ करोड ७५ लाख रुपैयाँ मुनाफा कमाएको थियो । एक वर्षको अवधिमा बैंकले ३२ प्रतिशतले नाफा बढाउँदै २ अर्ब २४ करोड ३३ लाख ८९ हजार रुपैयाँ पुर्याएको हो ।

हेर्नुहोस् बैंकको प्रगति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment