Comments Add Comment

चितवनमा ट्रकमा बस ठोक्किँदा एकको मृत्यु, ५ जना घाइते

१२ साउन, चितवन । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-४ फिस्लिङमा ट्रकमा बस ठोक्किदा एकजनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।

पूर्वको काँकडभिट्टाबाट काठमाडाैंतर्फ जाँदै गरेको ना५ख ४८१९ नम्बरको बस गौरबाट काठमाडाैंतर्फ भैंसी लोड गरेर जाँदै गरेको ना७ख २५६१ नम्बरको ट्रकको पछाडि ठोक्किएको थियो ।

दुर्घटनामा बसमा सवार झापाको मेची-२ बस्ने २३ वर्षीय भानु तिमिल्सिनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए ।

घाइते हुनेहरुमा झापा बाहुनडाँडा बस्ने वर्ष २४ का कमल कण्डेल, झापा बिर्तामोड-६ बस्ने वर्ष ३२ का धनबहादुर चौधरी, सोही ठाँउका वर्ष २८ का सुरेश चौधरी, डोटी साइल गाउँपालिका-४ बस्ने वर्ष २५ का मदनराज जोशी र तनहुँ ब्यास गाउँपालिका-८ बस्ने वर्ष २५ को सुनिल मिश्र रहेका छन् ।

घाइतेहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment