+

सुरु भयो महिला फुटबल टिमको तयारी

२०७६ साउन  १२ गते १९:५५ २०७६ साउन १२ गते १९:५५
सुरु भयो महिला फुटबल टिमको तयारी

१२ साउन, काठमाडौं । आगामी मंसिरमा नेपालमै आयोजना हुने दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को लागि नेपाली महिला फुटबल टिमले आइतबारबाट अभ्यास थालेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा नेपाली टिमले आइतबार (आइतबार) देखि तयारी थालेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले साग खेलकुदलाई लक्षित गरि नेपाली महिला फुटबल टिमलाई आजदेखि तयारीमा राखेको हो ।

प्रारम्भिक छनोटमा ४० सदस्यीय खेलाडी नेपाली महिला फुटबल टिम रहेका छन् । घरेलु मैदानमा हुने साग खेलकुदको फुटबलमा उपाधि जित्ने लक्ष्य रहेको नेपाली फुटबल टिमका प्रशिक्षक हरि खड्काले बताएका छन् ।

प्रारम्भिक छनोट

निशा थोकर, सरु लिम्बु, अञ्जलीकुमारी योञ्जन, एञ्जिला तुम्बापो सुब्बा, रेखा पौडेल, हिराकुमारी भुजेल, गीता राना, मनमाया लिम्बु, रेनुका नगरकोटी, अनिता बस्नेत, सावित्रा भण्डारी, अनिता केसी, विमला केसी, पूजा रानामगर, पुनम जर्घामगर, अञ्जना रानामगर, सुनिता चौधरी, कविता धिमाल, इन्दिरा राई, शर्मिला थापा, दिपा राई, कृष्णा खत्री, घिमकुमारी गुरुङ, अमृता जैसी, निरु थापा, सिर्जना खड्का, निर्मला विक, दिपा न्यौपाने, उसा नाथ, समीक्षा घिमिरे, बसन्ती नाथ घिमिरे, रश्मीकुमारी घिसिङ, मनिषा राउत, सविता रानामगर, सलोनी रानामगर, रेविका राई, रोजिना श्रेष्ठ,प्रिति राई, मनिषा थापा, सम्झना लावती र सपना लामा रहेका छन् ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय