Comments Add Comment

यस्ती भइन् खल्लास गर्ल ईशा

कुनै बेला ‘खल्लास गर्ल…’ उपनामले बलिउडमा लोकप्रिय रहेकी अभिनेत्री इशा कोपिप्कर अचेल फिल्ममा देखिएकी छैनन् । उनलाई पछिल्लो पटक आठ वर्षअघि प्रदर्शन भएको हिन्दी फिल्म ‘राख’ मा देखिएको थियो ।

फिल्ममा अभिनय गर्न छाडेको लामो समयपछि हालैमात्र मुम्बईमा देखा परिन् । उनलाई मुम्बईको बान्द्रा क्ष्ँेत्रमा एउटा पसलमा सपिङ गरिरहेको अवस्थामा देखिएको हो । त्यसक्रममा उनका केही तस्बिरहरु क्यामरा कैद भएका छन्, जसमा उनी निकै सुन्दर देखिएकी छिन् ।

बलिउडबाट टाढा रहे पनि यी अभिनेत्रीको सुन्दरतामा कुनै कमि आएको छैन । तस्बिरमा उनी सेतो टप तथा जिन्मा देखिउकी छिन् । उक्त पहिरनमा उनी आकर्षक देखिएकी छिन् । उनको मुस्कानलाई विशेष मन पराइएको छ ।

खल्लास गर्लको रुपमा अहिले पनि दर्शकहरुले सम्झने उनी गत जनवरी महिनामा भारतीय जनता पार्टीको सदस्यता लिएकी थिइन् ।

सन् १९९८ मा तमिल भाषाको फिलम ‘बाथल कविथार्ड’ बाट उनले अभिनय यात्रा प्रारम्भ गरेकी थिइन् । ईशाको पहिलो हिन्दी फिल्म ‘फिजा’ सन् २००० मा प्रदर्शन भएको थियो । त्यसपछि उनले कम्पनि, पिंजर, डरना मना है, गर्लप|mेण्डसहित करिव ४५ वटा फिल्ममा अभिनय गरेकी छिन् । पछिल्लो पटक उनी सन् २०११ मा प्रदर्शन भएको हिन्दी फिल्म ‘राख’ मा देखिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment