+
+
Shares

आमिरसँग अक्षयको भिडन्त

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १३ गते १२:५८

बलिउड नायक आमिर खान गतबर्षको असफल चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’का कारण गम्भिर छन् । तिहारमा रिलिज भएको चलचित्र नचल्दा आमिरले लामै समय ब्रेक लिएर नयाँ चलचित्र घोषणा गरे । उनले घोषणा गरेको नयाँ चलचित्रको नाम, ‘लाल सिंह चड्डा’ हो ।

यो चलचित्रका लागि आमिरको गेटअप समेत बदलिएको छ । यो चलचित्रमा नायिका करिना कपुर पनि फाइनल भैसकेकी छिन् । यो चलचित्र सन् २०२० को क्रिसमसमा रिलिज हुँदैछ । तर, अब भने आमिरले क्रिसमसमा सोलो रिलिजको अवसर नपाउने भएका छन् ।

यो मितिमा नायक अक्षय कुमारको मुख्य भूमिका रहने चलचित्र ‘बच्चन पाण्डे’ रिलिज हुने भएको छ । यो चलचित्रको फस्टलुक सहित प्रदर्शन मिति तय गरिएको हो । यो चलचित्रलाई साजिद नाडियाडवालाले निर्माण गर्न लागेका हुन् । चलचित्रलाई फरहाद साम्जीले निर्देशन गर्दैछन् ।

‘बच्चन पाण्डे’ एक्सन चलचित्र हो । क्रिसमसमा लक्की मानिदै आएका आमिरलाई यसपटक भने अक्षयले ठूलै चुनौती दिने विश्लेषण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?