Comments Add Comment

राम्रो कर्मचारी आउनै नचाहने र बस्नै नमान्ने समस्या छ :  मन्त्री अर्याल

१३ साउन, काठमाडौं । भूमि व्यवस्था तथा सहकारी तथा गरिबी निवारणमन्त्री पदमा अर्यालले आफ्नो मन्त्रालयमा राम्रो कर्मचारी बस्नै नचाहने समस्या देखिएको बताएकी छन् ।

सोमबार काठमाडौंको साँखुमा नमुना मालपोत कार्यालयको उद्घाटन गर्दै उनले यो समस्याको कारण कर्मचारीमात्रै भने नभएको जिकिर गरिन् ।

‘कर्मचारीमा समस्या छन् । हामीले पहिचान गरेका छौं । तर केही समस्या सेवाग्राहीमा पनि छन्’, उनले भनिन्, ‘मन्त्रालय स्पिडका साथ सुशासन कायम गर्न लागेको छ । नखाने मान्छेलाई तर्साउने र निरुत्साहित बनाउने काम पनि भएको छ। यो पनि राम्रो कुरा होइन ।’

यस्तै कारणले अहिले राम्रा मान्छे भूमि मन्त्रालय अन्तर्गत आउनै नचाहने र यहाँ भएका राम्रो मान्छेलाई पनि कसरी टिकाइराख्ने भन्ने समस्या भएको मन्त्री अर्यालको भनाइ छ । मन्त्रालय र यस मातहतको विभागले गलत कामलाई प्रोत्साहन नगरेको भन्दै उनले बरु मन्त्रालयलाई सरोकारवालाबाट सहयोग नभएको उनले गुनासो गरिन् ।

मन्त्री अर्यालले सोमबार मालपोत कार्यालय साँखुलाई आधुनिक तथा सुविधासम्पन्न कार्यालय घोषणा गरेकी छन् । उनले मन्त्रालय समग्र भूमि प्रशासनलाई व्यवस्थित गर्न लागिरहेको भन्दै त्यसमा सहयोग गर्न कर्मचारी र सेवाग्राहीलाई आग्रह गरिन् ।

उनले नमुना कार्यालयको रूपमा विकास गरिएको मालपोत कार्यालय साँखु र आधुनिकीकरण गरिएको नापी कार्यालय साँखुको अनुगमन निरीक्षणसमेत गरेका गरिन् । मन्त्री अर्यालले मन्त्रालयले थालेको सिस्टमलाई फेल गर्ने गरी जान कुनै पनि कर्मचारीलाई छुट नभएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment