Comments Add Comment

९.९९ प्रतिशत ब्याजदरमा ग्लोबल आइएमईको घर कर्जा

१३ साउन, काठमाडौं । ग्लोबल आइएमई बैंकले ९.९९ प्रतिशत ब्याजदरमा घर कर्जा योजना ल्याएको छ । आवेदन प्रक्रिया पूरा भएको ३ कार्य दिनभित्रै कर्जा दिन सक्ने बैंकले जनाएको छ ।

सस्तो तथा सरल किस्ताबन्दीमा घर बनाउने, खरिद गर्ने तथा अन्य बैंक तथा वित्तीय संस्थाबाट उपभोग गरिरहेको घर कर्जा सार्न चाहने ग्राहकलाई लक्षित गरी बैंकले यो योजना ल्याएको हो । यस योजना अन्तर्गत सेवाग्राहीले १५ वर्षसम्मको अवधिका लागि १ करोड ५० लाख रुपैयाँसम्म कर्जा लिन पाउनेछन् ।

यो योजना निश्चित अवधिको लागि रहने र आफ्ना सबै शाखाबाट उपलब्ध हुने बैंकले जनाएको छ । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

यस बैंकले हाल १३८ वटा शाखा, २८ वटा एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, १४८ एटिएम, १७१ शाखारहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालयमार्फत आफ्ना ११ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवाको साथमा अष्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि/सम्पर्क कार्यालय स्थापना गरेर सेवा प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment