Comments Add Comment

खोलामा डुबेर एक किशोरको मृत्यु

१३, साउन, चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिकाको कयर खोलामा डुवेर सोमबार दिउँसो एक बालकको मृत्यु भएको छ ।

खोलामा डुबेर मृत्यु हुनेमा रत्ननगरको चाउचाउ फ्याक्ट्री नजिकै बस्ने १४ बर्षका सन्दीप कँडेल रहेको चितवन प्रहरीले जनाएको छ ।

बाबा ग्यास उद्योग नजिकै रहेको कयर खोलामा साथीहरुसहित सन्दीप पौडी खेल्न गएका थिए । खोलामा डुवेका सन्दीपलाई उनका साथीहरले खोलाको किनारमा निकालेर राखेका थिए । मृतकको शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल ल्याइएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गोहीको आक्रमणबाट एकजना घाइते

चितवन माडी नगरपालिका १ रिउ खोलामा गोहीको आक्रमणबाट एक जना घाइते भएका छन् । भैसी चराउन जाने क्रममा खोलामा पुगेका बेला सोही ठाँउ पाण्डवनगर बस्ने बर्ष २३ का सूर्य बोटलाई गोहीले आक्रमण गरेको थियो ।

उनको अवस्था मध्यम रहेको चितवन प्रहरीले जनाएको छ । उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment