Comments Add Comment

‘सारा स्टार कलाकार हुन्’: कार्तिक आर्यन

बलिउड नायक कार्तिक आर्यन र नायिका सारअली खानले चलचित्र ‘लभ आजकल २’ मा एकसाथ काम गरेका छन् । चलचित्रमा उनीहरुको जोडी अनुबन्धित भएदेखि नै यो चलचित्रको चर्चा सुरु भएको थियो । सुटिङको समयमा सार्वजनिक भएका कार्तिक र साराको फोटो तथा भिडियोले पनि उनीहरुको चर्चा भइरह्यो ।

अहिले यो चलचित्रको छायांकन सकिएको छ । छायांकन पछि हाल फुर्सदमा रहेका कार्तिकलाई भारतीय मिडियाले साराको बिषयमा प्रश्न गरेका छन् । के तपाई सारासँग फेरि काम गर्न चाहनुहुन्छ भन्ने प्रश्नमा उनले भनेका छन्–‘सारा स्टार कलाकार हुन् । उनीसँग फेरि काम गर्ने कुरामा म उत्साहित छु ।’ उनले अगाडि भने–‘सारा साच्चिकै स्टार कलाकार हुन् । उनले आफ्नो को–एक्टरलाई पनि धेरै सहयोग गरिरहेकी हुन्छिन् । यदि मौका पइयो भने म त पुनः सारासँग काम गर्न तयार छु । उनी साच्चिकै राम्रो मान्छे हुन् ।’

साराले ‘सिम्बा’ रिलिजपछि कार्तिक आफ्नो क्रस भएको बताएकी थिइन् । चलचित्र छायांकनको समयमा आएका तस्विरहरुले उनीहरु प्रेममा छन् कि भन्ने प्रश्न पनि जगाएको थियो । तर, त्यस्तो केही नभएको कार्तिक बताउँछन् । कार्तिक नायिका अनन्या पाण्डेको प्रेममा रहेको चर्चा समेत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment