Comments Add Comment

गुल्मीका पहिरो प्रभावितका लागि अस्थायी निवास

१४ साउन, गुल्मी । गुल्मीको सत्यवतीका पहिरो प्रभावितहरुलाई अस्थायी आवास निर्माण गर्न सुरु गरिएको छ । गत साताको मगंलबार राति आएको पहिरोले घरहरुमा क्षति पुर्‍याएपछि अस्थायी आवास निर्माण सुरु गरिएको हो ।

जिल्लाको सत्यावती गाउँपालिका-३ का पहिरो प्रभावितका लागि १७ वटा अस्थायी आवास निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए ।

जिल्ला सदरमुकाम तम्घासबाट नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसहितको टोलीले तत्काल बस्नको लागि आवास निर्माण गरिदिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) दीपककुमार बस्नेतले बताए ।

सुरक्षाकर्मीले महिला पुरुषका लागि अलगअलग शौचालय पनि निर्माण गरिदिएका छन् । गाउँपालिकाका दुई स्थानमा गएको पहिरोमा ३०७ घर प्रभावित भएका छन् ।

जिल्लाको सत्यवती गाउँपालिकाको वडानम्बर ३ र ४ को ठूलो लुम्पेक र लिम्घामा क्षति पुर्‍याउँदा १२ सय ६० जना प्रभावित भएका छन् ।

पहिरोले बिस्थापितलाई सोही स्थानका धर्मपूर माबि, नवबिहानी प्राबि, धर्मपूर प्राबि, राम माबि, मनकामना प्राबि, साजपूर प्राबिमा राखिएको छ ।

एकै ठाउँमा धेरै बसोबास गर्दा समस्या आउने र ब्यवस्थित तरिकाले बसाइँलाई ब्यवस्थापन गर्नका निम्ति अस्लेवाको देउडाँडामा ८ वटा र ठुलो लुम्पेकको देउरालीमा ९ वटा अस्थायी आवास निर्माण गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशकीय अधिकृत लक्ष्मण पाण्डेयले बताए ।

अस्थायी रुपमा १७ वटा परिवारलाई पारिवारिकरुपमा आफना साम्रगीहरु राख्नका लागि सहज हुने गरी अस्थायी आवास निर्माण भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment