Comments Add Comment

विराटनगरमा कपडा बैंक, दिनेभन्दा लिने बढी

१४ साउन, विराटनगर । विराटनगरका युवाहरुले कपडा बैंक सञ्चालनमा ल्याएका छन् । बाढीबाट विस्थापित भएकाहरुका लागि वितरण गर्ने उद्देश्यसहित युवाहरुले कपडा बैंक स्थापना गरेका हुन् ।

विराटनगरको ट्राफिक चोकमा पुराना कपडा संकलन गरी बिपन्न तथा बाढी प्रभावितहरुका लागि वितरण गर्ने उद्देश्यसहित कपडा बैंक सञ्चालनमा ल्याएको अभियान्ता मध्येका एक पेरिस सुवेदीले बताए ।

शनिबारबाट सुरु भएको बैंकमा पुराना कपडा सहयोग गर्ने र कपडा लिनेहरुको भीड छ । कपडा बैंकमा पुराना लुगा दिने भन्दा आङ ढाक्ने कपडा खोजिरहेका सर्बसाधरण बढी आउने गरेका सुवेदी बताउँछन् । उनका अनुसार चार दिनको अवधीमा ३–४ सय मानिसले कपडा लगेका छन् ।

निःशुल्क रुपमा राम्रा कपडा पाएपछि विपन्न परिवारको अनुहारमा खुसी छाएको सुबेदीले बताए । ‘प्लास्टिक संकलन गर्ने र सडकमा मागेर गुजारा चलाउनेहरुले नयाँ लुगा लगाउनु भएको छ ।’ सुवेदी भन्छन् ‘अभियानबाट संकलन भएका कपडा केहीदिन पछि बाढी पीडितलाई पनि हस्तान्तरण गर्छाै ।’

विराटनगरमा सुवेदी, भूषण पोमुसहितका युवाहरुले काठमाडौंको सिको गर्दै सुरु गरेको अभियानले अति विपन्न नागिरकहरुको सहज भएको छ । बैंकमा आउने अतिविपन्न नागरिकहरूलाई दुई जोरसम्म कपडा छानेर लैजान पाउछन् ।

शनिबारबाट सुरु भएको अभियानलाई केही दिनसम्म निरन्तरता दिने सुवेदीले बताए । बजारबाट स्वतःस्फूर्त रुपमा संकलनन भएको कपडा बाढी प्रभावित तथा विपन्न नागरिकहरुलाई वितरण गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment