+
+
Shares

सेलपे सार्वजनिकः वालेटमा पैसा नराखी बैंक खाताबाटै भुक्तानी

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १४ गते २०:५६

१४ साउन, काठमाडौं ।भुक्तानी सेवा प्रदायक कम्पनी ‘सेलपे’ सार्वजनिक भएको छ । व्यवसायीक समुह आईएमएस ग्रुपले उक्त सेवा संचालनमा ल्याएको हो ।

बजारमा हाल संचालनमा रहेका भन्दा फरक र नविनतम प्रविधि सहित सेलपे सार्वजनिक गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन प्रधानले जानकारी दिए । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले उक्त पेमेन्ट गेटवे सार्वजनिक गरेको हो ।

सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशनको माध्यमबाट विना आफ्नै बैंक खाता प्रयोग गरी विभिन्न भुक्तानी तथा रकम स्थानान्तरण गर्न सकिने कम्पनीले जनाएको छ । यसबाट अन्तर्राष्ट्रिय स्तरको सुरक्षा प्रणाली प्रयोग गरीएको छ ।

सेलपेमार्फत दूरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्ट, सिनेमा हलहरुमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफरलगायत सबैखालका विद्युतीय भुक्तानी गर्न सकिने जारी विज्ञप्तीमा उल्लेख छ ।

यस सेवा मार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणाली मार्फत सम्पन्न हुनेछ र सेलपे सेवासंग आवद्ध भएका बैंकहरुका ग्राहकहरुले सहज रुपमा यो सेवा लिन सक्नेछन् । सेलपे सेवा गुगल प्लेस्टोर तथा एप्पल एप्पस्टोरमा उपलब्ध छ । विक्रेताहरुको हकमा आफ्नो ब्यवसाय सेलपेमा आवद्ध गरी ग्राहकले सेलपेमार्फत गरेको भुक्तानी रकम तुरुन्तै आफ्नो बैंक खातामा प्राप्त गर्न सकिनेछ ।

सेलपे सेवा

नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्राईभेट लिमिटेडले संचालन गरेको विभिन्न किसिमका भुक्तानीहरु गरिने सेवा हो । सेलपे सेवाबाट मोवाईल तथा वेबको माध्यममार्फत आफ्नै बैंक खाता प्रयोग गरी विभिन्न भुक्तानी तथा रकम स्थानान्तरण गर्न सकिने छ ।

सेलपे सेवा विभिन्न अन्तर्रा्ष्ट्रिय स्तरको सुरक्षा प्रणाली अनुपालन गरी विकसित गरिएको छ । सेलपेबाट भुक्तानी गर्दा छुट्टै वालेट बनाउन पर्दैन । भुक्तानी गर्दा वालेटमा रकम स्थानान्तरण गर्नु पर्ने जस्ता झंझटिला प्रक्रियाहरु अपनाउनु पर्दैन । सेलपे सेवा एक किसिमको डिजिटल डेविट कार्ड हो । यसमा ग्राहकले आफ्नो एक वा एकभन्दा बढी बैंक खाताहरु जोड्न सक्ने छन् ।

सेलपे सेवाबाट मोवाईल फोन रिचार्ज, टेलिफोन, विजुली, खानेपानी, ईण्टरनेट महसुल भुक्तानी, रकम स्थानान्तरण, विक्रेता भुक्तानी, ईकमर्स तथा अनलाईन भुक्तानीहरु गर्न सकिने विज्ञप्तीमा उल्लेख छ ।सेलपेमार्फत रकम ट्रान्सफर गर्दा न्यूनतम २ रुपैयाँदेखि २० रुपैयाँसम्म लाग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?