Comments Add Comment

कस्ती युवतीलाई श्रीमती बनाउन चाहन्छन् अहिलेका पुरुष ?

कुनै अपरिचित/परिचित युवायुवती भेट हुन्छ । उनीहरुको भेट प्रेममा बद्लिन्छ । प्रेम सम्बन्धलाई विवाहमा रुपान्तरण हुन्छ । एक युवा, एक युवती आपसमा दम्पती बन्छन् । उनीहरुको घर बन्छ । परिवार बन्छ । एउटा बेग्लै संसार बन्छ ।

प्रेम नगरी विवाह गर्ने प्रचलन अझ पुरानो हो । अहिलेपनि यथावत छ । नितान्त अपरिचित युवा र युवतीबीच विवाहको मेलोमेसो मिलाइन्छ । आफन्त, इष्टमित्र वा शुभेच्छुकको सहयोगमा उनीहरु विवाह बन्धनमा बाँधिन्छन् । कहाँको युवा, कहाँको युवती अब दम्पती बन्छन् । उनीहरुले आफ्नो बेग्लै संसार रचना गर्छन् ।

विवाह एउटा संयोग हो । विवाहअघि जे-जस्तो भएपनि विवाहपछि श्रीमान् र श्रीमतीबीच उचित तालमेल हुनु आवश्यक छ । त्यसैले त नेपाली समाजमा भन्ने गरिएको छ, श्रीमान् र श्रीमती भनेका एकै रथका दुई पाङ्ग्रा हुन् ।

परिवाररुपी रथ हाँक्नका लागि दुबै पाङ्ग्राको जरुरी र महत्व हुन्छ । एउटा पाङ्ग्रा नभई रथ गुड्दैन ।

विवाहलाई बन्धन पनि भनिन्छ । त्यो बन्धन मायाको हो र जिम्मेवारीको पनि । विवाहलाई सम्झौता पनि भनिन्छ । अलग पृष्टभूमीमा हुर्किएका युवा र युवती जब दम्पती बन्छन्, उनीहरुले आफ्ना कतिपय कुरामा सम्झौता गर्नुपर्छ । आफ्ना कति रहर, इच्छा, आनीबानी, प्रवृत्ति, व्यवहार त्याग्नुपर्छ ।

यदि त्यसो भएन भने दाम्पत्य जीवनमा सुख प्राप्त हुँदैन । कलह मात्र हुन्छ । दाम्पत्य कलहले दुई जनाको जीवन मात्र होइन, एउटा सिंगो परिवार नै तहस-नहस बनाइदिन्छ । त्यसैले विवाह एक यस्तो मोड हो, जहाँबाट मान्छेको अर्को जीवन सुरु हुन्छ । विवाह जीवनको अर्को अध्याय हो ।

विवाह गर्ने निर्णय सामान्य होइन । विवाह कुनै सामान्य रहर र खेल पनि होइन । विवाहले सुदूर भविष्य र पुस्तौ पुस्ताको मार्गरेखा कोर्ने भएकाले यसलाई निकै गंभिरतापूर्वक लिइन्छ ।

अतः विवाहको यो संवेदनशिलता बुझेकाहरुले विवाह गर्नुअघि आफ्नो पार्टनरमा केही गुण खोज्ने गर्छन् । यस्तो गुण पुरुषले महिलामा खोज्छन्, महिलाले पुरुषमा पनि । यहाँ चाहि विवाहको तयारीमा रहेका पुरुषले महिलामा कस्तो गुण खोज्छन् भन्ने चर्चा गरिएको छ ।

कस्ती युवती ?

धनवान, रुपवान, गुणवान, क्षमतावान । अर्थात सबै कुराले भरिपूर्ण मान्छे दुर्लभ हुन्छन् । मान्छेमा केही न केही कमजोरी हुन्छ । केही न केही कुराको अभाव हुन्छ । हरेक पुरुषलाई यो सत्यको वोध छ । उनीहरु आफुले खोजेको वा रोजेको युवती सबै गुणहरुले भरिपूर्ण हुन्छ भनेर अपेक्षा पनि गर्दैन । यद्यपी दाम्पत्य जीवनलाई सुख र सरल बनाउनका लागि जीवनसंगीमा केही गुण हुनुपर्छ भन्ने चाहि आवश्यै सोच्ने गर्छन् ।

बुद्धिमान पुरुषले रुप र धनलाई पहिलो प्राथमिकतामा राख्दैनन् । यी स्थायी कुरा होइनन् । रुप र धनले दाम्पत्य सुख प्राप्त हुन्छ भन्ने ग्यारेन्टी पनि छैन । त्यसैले हुनेवाला श्रीमतीमा मूख्यत के कस्ता गुण छ ? उनको स्वभाव कस्तो छ ? आनीबानी कस्तो छ ? सीप एवं दक्षता के छ ? सोंच कस्तो छ ? यीनै कुरा खोजी गरिन्छ ।

कोही पनि सबै गुणले परिपूर्ण हुँदैनन् । मान्छेमा राम्रो गुण हुन्छ, नराम्रो पनि । यद्यपी आफ्नो नराम्रो गुणलाई हटाएर वा दबाएर राम्रो गुणको विकास गर्न खोजिन्छ । मिठो बोलीवचन, कुशल व्यवहार, परिपक्क सोंच, सकारात्मक चिन्तन यी राम्रा गुण हुन् । यी सबै गुणभएका युवतीलाई आफ्नो जीवनसाथी बनाउँदा दाम्पत्य जीवन सुखमय हुन्छ भन्ने अनुमान गर्न सकिन्छ ।

शालिनता

शालिनता नारीको अर्को विशेष गुण हो । शालिन, भद्र, सहनशिल, दयालु, व्यवहारिक युवती नै जीवनसाथीको रुपमा अपनाउँदा परिवार सुख मिल्छ ।

सम्झौता

विवाह गरिसकेपछि आफ्ना कतिपय रुची र इच्छा त्याग्नुपर्ने हुन्छ । अरुको कुरा, विचार, स्वभावलाई स्विकार गर्नुपर्ने हुन्छ । अर्काको परिवार आफ्नो माया मिसाउनुपर्छ, सम्मान र शिष्टचार पालना गर्नुपर्छ । यी कुरा बुझेका युवतीहरुले परिवारमा कलह ल्याउँदैन ।

परिवारको हित

विवाहपछि आफ्नो परिवारको हित सोच्ने, घर परिवारको मर्यादा ख्याल गर्ने, श्रीमानको उदेश्यमा साथ दिने युवतीले दाम्पत्य जीवनलाई सुखमय तुल्याउँछ ।

सिपालु

सबैजना शिक्षित हुन्छन् भन्ने छैन । शिक्षितहरु जान्ने, बुझ्ने हुन्छन् भन्ने पनि छैन । यद्यपी बुझ्न सक्ने वा समझरदा हुनुपर्छ । नयाँ कुरा जान्न उत्सुक हुनुपर्छ । आफुमा केही सीप, दक्षता छ भने त्यसले परिवारलाई अरु बढी सहज बनाउँछ । अतः आफुमा कुनै सीप, दक्षता, विज्ञता भएका युवतीले परिवारलाई सुख दिलाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment