+
+
Shares

बबरमहलमा बंगलादेश-नेपाल मित्रता कला प्रदर्शनी

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १५ गते १२:३५

१५ साउन, काठमाडौं । बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा मंगलबारदेखि ‘बंगलादेश-नेपाल मित्रता कला प्रदर्शनी’ सुरु भएको छ । चार दिनसम्म चल्ने प्रदर्शनीको उदघाटन नेपालका लागि बंगलादेशकी राजदुत माश्फी बिन्ते शाम्सले गरेकी हुन् ।

राजदूत शाम्सले यस प्रदर्शनीले नेपाल र बंगलादेशबीचको मित्रता अझ प्रगाढ र दरिलो बनाउने विश्वास व्यक्त गर्दै उनले दुई मुलुकबीचको सांस्कृतिक र सामाजिक सम्बन्ध प्रगाढ बनाउने यस्ता कलात्मक गतिविधिले भविष्यमा पनि निरन्तरता पाउनुपर्ने धारणा राखिन् ।

यस्तै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले नेपाल र बंगलादेशका कलाकारहरु सम्मिलित कला प्रदर्शनीको सफल आयोजनाका लागि आयोजक संस्था बंगलादेशको चारुर मित्र कलाकार समुहलाई धन्यवाद दिए ।

कुलपति कर्माचार्यले यस प्रदर्शनीले दुई देशका कलाकारहरुबीच कलासम्बन्धी ज्ञान, सीप र अनुभव आदान-प्रदान हुने विश्वास व्यक्त गरे ।
शुक्रबारसम्म चल्ने प्रदर्शनीमा नेपालका ११ र बंगलादेशका १२ जना कलाकारका कलाकृति प्रदर्शित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?