+
+
Shares

माथिल्लो तहका कर्मचारी सरुवाको अधिकार मुख्यमन्त्री कार्यालयलाई

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १५ गते १४:२६

१५ साउन, विराटनगर । प्रदेश १ सरकारले माथिल्लो तहका कर्मचारीको सरुवा र पदस्थापनको अधिकार मुख्यमन्त्री कार्यालय मातहत राखेको छ ।

बुधबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले नवौं र दशौं तहका कर्मचारीको सरुवा र पदस्थापन मुख्यमन्त्री कार्यालयले गर्ने गरी कर्मचारी पदस्थापन र सरुवासम्बन्धी कार्यविधिलाई स्वीकृत गरेको हो ।

प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले कर्मचारी व्यवस्थापनमा समस्या भएकोले नवौं र दशौं तहको सरुवा र व्यवस्थापन मुख्यमन्त्री कार्यालय मातहत राखिएको बताए ।

त्यसैगरी संगठन तथा व्यवस्थापन सर्वेक्षणको लागि प्रदेश प्रमुखको नेतृत्वमा कार्यदल बनाउने र मन्त्रालयगत रुपमा पनि गठन गर्ने बैठकले निर्णय गरेको छ । मन्त्रिपरिषदको बैठकले केन्द्रबाट आएको महालेखा परीक्षकको वार्षिक प्रतिवेदन २०७५ प्रदेशसभामा पेश गर्ने, मुख्य न्यायधिवक्ताको वार्षिक प्रतिवेदन प्रदेश सभामा पठाइने निर्णय भएको छ ।

त्यसैगरी प्रदेश सरकारको नीति तथा कार्यक्रम उल्लेख भएको कार्यक्रम डिजिटल प्रदेशको कार्यान्वयनलाई अघि बढाइने, मनमोहन प्राविधिक विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ लाई सैद्धान्तिक सहमति दिने, स्थानीय विकासको लागि पर्यटन पदमार्गको काम अघि बढाउने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ ।

सेवा करारमा प्राविधिक कृषि अधिकृत, प्राविधिक सहायक र नायब प्राविधिक सहायक छनौट सम्बन्धी कार्य्विधि २०७६ स्वीकृति गर्ने निर्णय गरेको छ । यी कर्मचारी कृषि सहकारी मन्त्रालय अन्तर्गत छनौट हुने छन् ।

कृषि प्राविधिक आवश्यक परेकोले लामो छलफलपछि कृषि अधिकृत, नायब प्राविधिक सहायक जस्ता कर्मचारी अभाव भएकोले त्यसलाई परिपूर्ति गरिने पनि निर्णण् गरेको छ ।

प्रादेशिक सडक सहयोग परियोजनाको अवधारणा पत्र स्वीकृति, साना सिञ्चाई कार्यक्रमको अवधारणा पत्रलाई स्वीकृति दिने र सामाजिक विकास मन्त्रालयअन्तर्गत श्रम सल्लाहकार परिषद् गठनसम्बन्धी निर्देशिका २०७६ लाई स्वीकृत प्रदान गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

यसैगरी अपांगता भएका व्यक्तिहरुको प्रदेशस्तरीय समिति गठन सम्बन्धी कार्यविधिलाई सैद्धान्तिक सहमति दिनेलगायतका विभिन्न १३ वटा एजेन्डा समावेश गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?