Comments Add Comment

यी हुन् यौनशक्ति बढाउने खाना

जब एक पुरुष र महिला नजिकिन थाल्छन्, तव उनीहरुबीच प्रेम हुन्छ र वैवाहिक सम्बन्धमा बाँधिन्छन् ।

विवाह भनेको दुई मनको मात्र हैन, तनको संगम पनि हो । वैवाहिक जीवनमा बाँधिएपछि श्रीमान्-श्रीमती दुबैले एक-अर्कालाई माया, प्रेमसंगै शरीर पनि सुम्पन्छन् । अझ भनौं यौन सम्बन्ध वैवाहिक जीवनमा अति नै महत्वपुर्ण कुरा हो ।

सबैलाई थाहा भएको कुरा हो-सुखी दाम्पत्य जीवनको आधार नै सफल सेक्स लाइफ हो । यदि तपाईको यौन जीवन स्वस्थ छैन भने तपाईको वैवाहिक जीवन कमजोर हुन थाल्छ । यौन जीवन स्वस्थ र सुखद होस् भन्नाका लागि तपाइर्ंले आफ्नो खानपानमा ध्यान दिनु आवश्यक छ ।

एउटा उखान नै छ नि-‘जस्तो खानुहुन्छ अन्न, त्यस्तै हुन्छ मन’ । तपाई आफ्नो यौन जीवन पुनः सुखद र स्वस्थ होस् भन्ने चाहानु हुन्छ भने यी खानेकुराहरुलाई आफ्नो दैनिक भोजनमा समावेश गर्नु पर्छ ।

खरबुजा

गर्मी मौसममा पाइने यो फलले तपाईको यौन शक्ति बढाउन सहयोग गर्छ । खरबुजालाई प्राकृतिक भियाग्रा पनि भनिन्छ, किनभने यसले भियाग्रा जस्तै काम गर्छ र यौन इच्छा तिव्र रुपमा बढाउछ । खरबुजामा लाईकोपीन, बीटा केरोटीन  र सीट्रलाइन  जस्ता फाइटोन्युट्रिएन्ट्स पाइन्छ, जसले रक्तप्रवाहलाई आराम पुर्‍याउन सहयोग गर्छ । खरबुजाको नियमित सेवन गर्नाले कामेच्छा बढ्छ ।

केरा

केरा यौनस्वस्थको लागि उपयुक्त हुन्छ । यसमा समावेश ब्रोमेलिन नामक एन्जाइमले कामेच्छा बढाउन र सेक्स हार्मोन्सलाई नियन्त्रित गर्न सहयोग गर्छ । यस बाहेक केरामा भिटामिन सी, ए र बी १ भरपुर मात्रामा पाइन्छ, जसले पुरुषको शरीरमा शुक्राणु उत्पन्न गर्ने क्षमता बढाउँछ ।

हरियो तरकारी

हरियो तरकारीमा यौन इच्छा बढाउने तत्व हुन्छ । हरियो तरकारीमा अमीनो एसिड भरपुर मात्रामा हुन्छ, जन शरीरमा गएर नाइटि्रक अक्साइडमा परिवर्तित हुन्छ । त्यसले पुरुषहरुमा इरेक्शन लामो समयसम्म रहिरहन सहयोग गर्छ ।

हरीयो र्खुसानी

खानालाई स्वादिलो बनाउने हरीयो खुर्सानीले तपाईको यौनजीवनमा पनि स्वाद बढाउने काम गर्छ । हरीयो खुर्सानी सेवन गर्नाले पुरुषको गोप्य अंगको वरपरका अंगहरुमा रक्त सञ्चार राम्रोसँग हुन्छ र कामोत्तेजना बढ्छ । त्यसैले आज बाट नै आफ्नो भोजनमा हरीयो खुर्सानी समावेश गर्नुहोस् ।

फर्सीको बियाँ

फर्सीको बियाँ महिला र पुरुष दुबैको प्रजनन क्षमता बढाउनका लागि फाइदाजनक हुन्छ । त्यसमा जिंक, क्याल्सियम,पोटासियम र फस्फोरसको साथै भिटामिन सी,बी,डी,ई र के पाइन्छ, जसले कामेच्छा उत्पन्न गर्न सहयोग गर्छ ।

डार्क चक्लेट

डार्क चक्लेले कामेच्छा बढाउन मद्दत गर्छ । यसमा एल-आर्जिनिन र अमीनो एसिड हुन्छ, जसले यौन चाहानालाई प्राकृतिक तरीकाले बढाउनका सहयोग गर्छ ।

अण्डा

अण्डाले प्राकृतिक रुपमा यौन शक्ति बढाउन सहयोग गर्छ । अण्डामा भिटामिन बी ५ र बी ६ हुन्छ, जसले यौन जीवनलाई राम्रो बनाउन सहयोग गर्छ । अण्डामा भएको प्रोटिनले शारीरिक कमजोरी हटाएर शरीरमा नयाँ उर्जा थप्ने काम गर्छ ।

 केही उपायहरु

तनावमुक्त रहनुहोस्

तनावले हाम्रो हृदयगति बढाउँछ, जसका कारण ब्लड प्रेसर पनि बढ्छ । यसको नकारात्मक प्रभाव यौन जीवनमा पनि पर्छ । तनावबाट बच्नका लागि यसलाई मनमा राख्नु भन्दा आफ्नो पार्टनरसँग कुरा गर्नुहोस् । यसो गर्दा मनको बोझ कम हुनुको साथै पार्टनरसँगको सम्बन्ध पनि बलियो हुन्छ । तनाव कम गर्नका लागि नियमित रुपमा व्यायाम गर्नु आवश्यक छ ।

पर्याप्त निन्द्रा

यौन इच्छा बढाउनका लागि आठ घण्टा सुत्नु आवश्यक हुन्छ । वजन नियन्त्रित राख्नु पर्छ, मोटोपनाले यौन इच्छाम नकारात्मक प्रभाव पार्छ । त्यसैले वजन बढ्न दिनु हुँदैन ।

केही नयाँ गर्नुहोस्

प्रायः दम्पती यौन सम्पर्क गर्दा एकै किसिमको तरिकालाई पछ्याउने गर्छन् । अन्य जीवन शैली जस्तै यौन पनि एउटा रुटीन जस्तो बोरिङ र नीरस हुन्छ । त्यसैले यौनलाई उत्साहित बनाउनका लागि केहि नयाँ गर्नुहोस् । सम्बन्धलाई ताजा बनाउनको लागि नयाँ कुराहरु अति नै आवश्यक हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment