+
+
Shares

सरकारले दिएको सुविधा उपयोग गरी आन्तरिक उत्पादन बढाउनुस् : अर्थमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १६ गते ११:५१

१६ साउन, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले आयातमा कडाई गर्दै आन्तरिक उत्पादनलाई दिएको सुविधा उपयोग गर्न निजी क्षेत्रसँग आग्रह गरेका छन् ।

बिहीवारदेखि काठमाडौंमा शुरु भएको दुई दिने भन्सार व्यवस्थापन गोष्ठीको शुभारम्भ गर्दै अर्थमन्त्री खतिवडाले केवल राजस्व सङ्कलनका लागि मात्र सरकारले आयातलाई प्रोत्साहन गर्ने नीति नलिएको स्पस्ट पारे ।

‘भन्सार सुविधाको उपयोग गरी अब स्वदेशमै उद्योग खोल्नतर्फ तपाईंहरु लाग्नुस्,’ निजी क्षेत्रलाई उनले भने, ‘कच्चा पदार्थ आयात गरौं, तर आयातमा उच्च भन्सार दर लाग्ने सामान स्वदेशमै उत्पादन गरौं ।’

अर्थमन्त्री डा. खतिवडाले सरकारले एकद्वार प्रणाली, निर्यातमा अनुदानजस्ता माध्यमबाट स्वदेशमै लगानीमैत्री वातावरण बनाइरहेको उल्लेख गरे । सरकारले केवल आयातलाई मात्रै जोड नदिएकै कारण यस वर्ष भन्सार राजस्व कम उठेको भन्दै उनले देश सधैभरी आयातले मात्र नचल्ने बताए ।

कार्यक्रममा अर्थ सचिव राजन खनालले व्यापारको पद्धति परिवर्तन गर्दै अब वैदेशिक व्यापार निर्यातमुखी बनाउनुपर्नेमा जोड दिए ।

व्यापार भन्नासाथ आयातका जोखिममा मात्र छलफल हुने गरेको भन्दै उनले निर्यातका सहुलियत र अनुदानका विषयमा छलफल नै हुन नसकेको उल्लेख गरे ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालमा भन्सार नियम अन्तराष्ट्रिय कानूनसम्मत नभएको भन्दै सुधार हुनुपर्ने बताए ।

भन्सार बिभागका महानिर्देशक रामेश्वर दंगालले भन्सार पूर्वाधार निर्माणमा बिभाग सक्रिय रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?