Comments Add Comment

बच्चाले व्यायाम नगर्दा के हुन्छ ?

हामी भन्छौं, तीस बर्ष पार गरेपछि अनिवार्य व्यायाम गर्नुपर्छ । खानपानमा सर्तक हुनुपर्छ । स्वास्थ्य जाँच गराउनुपर्छ ।

बालबालिका वा किशोरकिशोरीको हकमा भने हामी व्यायामको कुरा गर्दैनौं । उनीहरु यसैपनि स्वस्थ्य हुन्छन् । खेल्छन्, उफ्रन्छन्, दौडन्छन् । शरीर लचिलो हुन्छ । रोग लागेकै हुँदैन । त्यसैले अतिरिक्त व्यायामको जरुरत हुँदैन ।

के बालबालिकालाई व्यायाम आवश्यक छैन ? उनीहरु दिनभर जे-जसरी खेल्छन्, उफ्रन्छन् त्यती नै काफी छ त ?

चाहे उमेर पुगको होस् वा कलिलो, शारीरिक रुपले सक्रिय रहनुपर्छ । खासगरी उमेर ढल्कदै गएपछि हामी शारीरिक सक्रियता अरु बढी महसुष गर्छौं । शरीरलाई चुस्त र फुर्तिलो राख्न मात्र होइन, संभावित रोगबाट बच्न पनि हामी सक्रियता खोज्छौं । शरीर सक्रिय भएमा रोग लाग्दैन भन्छौं । त्यसैले हामी बिहान दौडन्छौं, व्यायाम, योग, प्राणायाम गर्छौ, दिनभर सक्रिय रहन्छौं ।

बालबालिकाको सन्दर्भमा भने हामी यी कुराहरुलाई खासै आवश्यक मान्दैनौ । बच्चाको शरीर यसैपनि लचिलो हुन्छ उनीहरुलाई व्यायामको आवश्यकक्ता पर्दैन भन्छौं । तर, यो गलत बुझाई हो ।

अमेरिकाको स्वास्थ्य र मानव सेवा विभागका दिशानिर्देशकका अनुसार ६ बर्ष र त्यसभन्दा बढी उमेरका बच्चाका लागि दिनमा कम्तीका एक घण्टा शारीरिक गतिविधी आवश्यक छ । अध्ययन अनुसार बच्चाले सप्ताहमा कम्तीमा तीन पटक एरोबिक वा यस्तै किसिमको व्यायाम गर्नु जरुरी छ । जबकी सप्ताहको बाँकी तीन दिन मांसपेशी र हड्डी बलियो बनाउने किसिमको व्यायाम गर्नुपर्छ ।

के भन्छ अध्ययन ?

बालबालिकाको शारीरिक र मानसिक विकासको लागि तीनदेखि पाँच बर्षको उमेरमा शारीरिक रुपले सक्रिय राख्न आवश्यक छ । आमाबुवाले आफ्ना बालबालिकाको शारीरिक सक्रियतामा ख्याल राख्नुपर्छ । उनीहरुलाई खेलकुदको माध्यामबाट पनि यसमा प्रेरित गर्न सकिन्छ । व्यायाम गर्दा बालबालिकाको शरीर बलियो एवं निरोगी हुने मात्र होइन, मानसिक स्वास्थ्य पनि ठिक हुन्छ ।

पछिल्लो बर्ष ‘अमेरिका एकेडेमी अफ पीडियाटि्रक्स २०१८ नेशनल कन्फरेन्स एन्ड एक्जिबिसन’मा प्रस्तुत एक अध्ययनमा के पाइयो भने अभिभावकले बच्चाको शारीरिक गतिविधिमा त्यती महत्व दिइएको पाइँदैन । जो बालबालिका शारीरिक रुपमा सक्रिय छन्, उनीहरु पनि हप्तामा दुई वा तीन दिनमात्र सक्रिय हुन्छन् ।

बालबालिकाका लागि योग

बालबालिकालाई योगमा पनि अभ्यस्त गराउन सकिन्छ । योग समूचित व्यायाम पनि हो । बालबालिकाले जुनसुकै किसिमको योग आसन अभ्यास गर्न सक्छन् । उनीहरुको शरीर लचिलो र फुर्तिलो हुने भएकाले उनीहरुलाई विभिन्न योग आसनको अभ्यास गर्न त्यती कठिनाई पनि हुँदैन ।

यद्यपी बालबालिकाकै शारीरिक अवस्थालाई मध्यनजर गरेर कतिपय योग विधी एवं आसन निर्धारण गरिएका छन् । ति योग विधीमा बालबालिकालाई अभ्यस्त गराउन सकिन्छ । योगका साथै प्राणायाम र ध्यानमा पनि उनीहरुलाई अभ्यस्त गराउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment